जुम्लामा नेमकिपाकाले मात्रै दर्ता गरायो उम्मेदवारी

मनोनयनको पहिलो दिन जुम्लामा नेमकिपाले मात्रै मनोनयन दर्ता गराएको छ। आइतबार जुम्ला बजारस्थित मुख्य निर्वाचन आयोगको कार्यालयमा नेमकिपाले मेयर र उपमेयर सहित वडाअध्यक्षको पनि उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत जवार प्रसाद सिंहले बताए।

नेमकिपाले मेयरमा चन्दननाथ-८ का जयकृष्ण धराला र उपमेयरमा १० नम्बर वडाकी हस्तना न्यौपानेलाई उम्मेदवार बनाएको छ।

यसैगरी चन्दननाथ नगरपालिका ८ मा आनाति रावललाई वडाअध्यक्ष पदको उम्मेदवार बनाएको नेमकिपाले जनाएको छ।

मेयरको उम्मेदवारी दर्ता पछि आफूले पूँजीवादी व्यवस्थाका फाइदा बेफाइदा र समाजवादी व्यवस्थाको अनिवार्यता बारे जनतालाई सचेत गराउने धरलाले बताए।

‘हामी आफ्नो घोषणापत्, बेगरका झुटा आश्वासन जनतलाई दिदैनौं’ उनले भने, ‘हाम्रो लक्ष समाजवाद हो। यो असल सिद्धान्तको बारेमा जनतलाई सचेत गराउन चुनाव उपभोग गरेका हौं।’

जुम्लामा नेमकिपाका बाहे अन्य दलले उम्मेदवारको अन्तिम टुंगो लगाइसकेका छैनन्। यसैगरी नेमकिपाले तातोपानी गाउँपालिकामा पनि उम्मेदवारी दर्ता गराएको छ।

सम्बन्धित शीर्षक