दोहोरीगीत प्रतियोगितामा आचार्यबाडा दोहोरी समुह प्रथम

  ।   २९ चैत्र २०७८, मंगलवार २२:३९

लक्ष्मी न्यौपाने,

जुम्लामा सञ्चालित दोस्रो जिल्लास्तरीय दोहोरीगीत प्रतियोगितामा आचार्यबाडा दोहोरी टिम प्रथम भएको छ । गुठिचौर दोहोरी समुह द्धितीय र चिमारा मालिका दोहोरी समुह तृतीय भएका छन ।
राष्ट्रिय दोहोरीगीत प्रतिष्ठान जुम्ला शाखाद्धारा आयोजना गरिएको दोहोरीगीत प्रतियोगिता ३ दिन चलेको थियो । प्रतियोगितामा १० वटा समुहले भाग लिएका थिए । दविएका कला र प्रतिभाको प्रस्फुटन गर्न दोहोरीगीत प्रतियोगिता आयोजना गरिएको अध्यक्ष कर्ण बुढ्थापाले जानकारी दिए ।
दोहारीगीत समाजको प्रतिबिम्ब हुन । सुखदु:खको साथी हो । बेदना मेटाउने एक माध्यम हो । उनले भने,‘समाजको वास्तविक कुरा चित्रण गर्ने दोहोरीगीतको जगेर्ना गर्नु अहिलेको आवश्यकता हो । दोहोरीगीत प्रतिष्ठान कर्णाली प्रदेश अध्यक्ष रामबहादुर बुढाले दोहोरीका माध्यमबाट समाजको यथार्थता चित्रण गर्न सकने बताए । उनका अनुसार प्रतियोगीतामा देखिएको सहभागिताले पनि दोहोरी गीत गाउने कलाकारको उच्च संभावना भएको जिल्लाका रुपमा चित्रण गरेको छ ।

दोहोरी गीतको संरक्षण तथा प्रवद्र्धनका लागि स्थानीय,प्रदेश र केन्द्र सरकार संग समन्वय गर्ने उनको भनाइछ । प्रतियोगितामा मिडिया पाट्नरका रुपमा रहेका रेडियो नारीआवाज,रेडियो कर्णाली एफएम, रेडियो खुला आकाश,कर्णाली पोष्ट दैनिक, कर्णाली सराकार दैनिक र पत्रकार महासंघ जुम्लालाई सम्मान गरिएको थियो ।
टिकटकमा भाइरल जोडी गरी कुडा गरी कुडाका लक्ष्मी खत्रीको परिवारलाई समेत सम्मान गरिएको आयोजक दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा जुम्लाले जनाएको छ । प्रतियोगितामा प्रमुख जिल्ला अधिकारी, सहित स्थानीयतहका प्रमुख तथा प्रतिनिधि सहभागि थिए । प्रतियोगिताको मुल्यांकन रामबहादुर बुढा,भक्त भक्री र मोहनविक्रम शाहीले गरेका थिए । प्रतियोगिताको बीचमा दर्जनौ कलाकारले आफ्नो कला र प्रतिभा पस्केका थिए । दोहोरी गीत सुन्न र हेर्नको लागि सयौ जुम्लाबासीको उपस्थिती रहेको थियो ।

Next Post

लोकदोहारी समाजको प्रतिबिम्ब

२९ चैत्र २०७८, मंगलवार २२:३९
लक्ष्मी न्यौपाने, लोकदोहारी गीत हाम्रो संस्कृतिको प्रमुख अंग हो । यो समाजमा रहेका हरेक क्रिया,प्रतिक्रियाको प्रतिबिम्ब पनि हो । लोकदोहोरीले समाजमा देखिएको समस्याको लयवद्ध उजागार गर्छ । मनोरञ्जन प्रदान गर्ने सकरात्मक सन्देश प्रदान गर्न सक्छ । सामान्य भाषाशैलीमा गाउने गीत भएकोले लोकदोहरी सबैको जनजीब्रोमा नै बसेको हुन्छ । लोकदोहोरी सबैको […]

सम्बन्धित