असिनापानीले जुम्लाका स्याउ बगैचामा क्षती

जुम्ला तिला गाउँपालिका वडा नम्बर ६ का डिल्ली रावतले अहिले १० हजार स्याउँका बुट्टा उत्पादन गरेका छन् । उनी तिलाका एउटा नमुना किसान पनी हुँन । कालापहाडको भरमा घरधन्दा चलाउँदै आएका रावत । अहिले गाउँमा स्याउ खेती गर्दौ आएका थिए ।

स्याउ बाटै वर्षमा लाखौं आम्दानी हुँने गरेको रावतले बताए । अहिले बगैंचामा स्याउ फूलेहरु ढकमक्क थिए । शनिवार एक्कासी परेको भारी असिना पानीले स्याउ खेतीमा ठुलो क्षति पुराएको रावतले बताए । शनिवार परेको असिना पानीले जुम्ला तिला गाउँपालिका वडा न।ं ६ ,४र ५ नम्बर वडाका अधिकांस स्याउ बगैचामा क्षति गरेको रावतले बताए ।

यो वर्ष स्याउ फुलेको देख्दा राम्रो फलदिने आशमा थिए । तर शनिबार परेको असिना पानीले फूलहरु पुर्ण रुपमा नष्ट गरी बोट रित्तै बनाइ दियो । ८० प्रतिशत स्याउ बगैंचामा क्षति पुराएको बताए । जुम्ली किसानको प्रमुख नगदेबालीका रुपमा रहेको स्याउको उत्पादन पछिल्लो घट्दै गएको छ । यस वर्ष असिना पानीले फूल झारेपछि विगतको भन्दा बढी स्याउ उत्पादन घट्ने भन्दै तिलाका किसान चिन्तीत भएका छन् ।

केही भएपनी स्याउबाट आएको रकमले घर खर्च टार्ने गर्दै आएको अर्का स्थानीय भिम रावले बताए । यो वर्ष सबै आश मर्यो । फूलफुलेर राम्रोसँग ओइलाउँन नपाउँदै असिना पर्दा ठुलो क्षती भउको छ । किसान लाइ सधै यो प्रकृतिक प्रकोपले पिडा दिने गरेको छ ।

कहिले पानी नपरेर सताउँछ त कहीले असिना पानीले बगाउँ छ । गत कार्तिक बेमौसमी वर्षले धानबालीमा ठुलो क्षेती पुरायो । अहिले त्यस्तै स्याउको फूल झारेर सत्यानास पारेको ट । यस तर्फ स्थानिय,प्रदेश सरकार र सम्बन्धीत निकायको ध्यान केन्द्रित जाहोस्।”

सम्बन्धित शीर्षक