बाँकेको कृष्णनगरमा आगलागी, १५ घरगोठ जलेर नष्ट

  ।   २१ चैत्र २०७८, सोमबार १९:०३

बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ४ को कृष्णनगरमा सोमबार दिउँसो भीषण आगलागी भएको छ । सो आगलागीमा परेर करिब १५ घरगोठ र ४ वटा बाख्रा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भोजपुर नरैनापुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय भोजपुरका इन्चार्ज प्रहरी निरीक्षक वसन्त गौतमले दिएको जानकारी अनुसार वडा नम्बर ४ को घोडदौरिया नजिकैको कृष्णनगरमा सोमबार दिउँसो साढे ३ बजे आगलागी भएको हो ।

करिब डेढ घण्टापछि आगलागी नियन्त्रणमा आएको छ । प्रहरी, सशस्त्र प्रहरी, रेडक्रसकर्मी, स्थानीय र नरैनापुर गाउँपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रहरी निरीक्षक गौतमले जानकारी दिए । आगलागीबाट कुनै प्रकारको मानवीय क्षति हुन नपाएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

Next Post

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले हुम्ला जिल्ला अस्पतालबाट विशेषज्ञ शल्यचिकित्सा सेवा उपलब्ध गराउने

२१ चैत्र २०७८, सोमबार १९:०३
लक्ष्मी न्यौपाने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाले हुम्ला जिल्ला अस्पतालबाट विशेषज्ञ शल्यचिकित्सा सेवा उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्लाका अस्पताल गएर विशेषज्ञ शल्यचिकित्सा सेवा उपलब्ध गराउन मेडिकल कलेज र प्रतिष्ठानसँग सम्झौता सुरु गरेसँगै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाले हुम्ला अस्पतालबाट विशेषज्ञ शल्यचिकित्सा सेवा उपलब्ध गराउने भएको […]