एमबीबीएस प्रवेश परीक्षा स्थलबाट चार नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ — चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहको एकीकृत प्रवेश परीक्षाका ४ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार अरुका नाममा परीक्षा दिन आएका ४ जनालाई पक्राउ गरेको हो । भक्तपुर र काठमाडौंका परीक्षा केन्द्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरले नक्कली परीक्षार्थीविरुद्धको अपरेसन जारी रहेको बताए । ‘केही नक्कली परीक्षार्थी पक्राउ परेका छन्, अनुसन्धान टोली फिल्डमै भएकोले थप विवरण केहीबेरपछि सार्वजनिक गर्नेछौं,’ उनले भने । शुक्रबारबाट एमबीबीएस प्रवेश परीक्षा सुरु भएको छ ।

सम्बन्धित शीर्षक