भारतमा लगातार चौथो दिन ४ लाख कोभिड–१९ सङ्क्रमित

नयाँ दिल्ली । भारतमा लगातार चौथो दिन कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ४ लाख भन्दा बढी पाइएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट संक्रमित ४ लाख ४ हजार भेटिएका छन् ।
भारतमा हालसम्म कोरोना भाइरस सङ्क्रमितको कूल सङ्ख्या दुई करोड २२ लाख ९६ हजार पुगेको मन्त्रालयले जनाएको छ । कोरोना भाइरस सङ्क्रमितमध्ये हालसम्म १ करोड ८३ लाख १७ हजार सङ्क्रमणमुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा ३ लाख ८६ हजार सङ्क्रमणमुक्त भएका छन् ।
हाल भारतमा ३७ लाख ३६ हजार व्यक्ति सक्रिय संक्रमित छन् ।
मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा ४ हजार ९२ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ । यो सहित भारतमा हालसम्म २ लाख ४२ हजार ३६२ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको हो ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार यही मे ८ सम्म कूल ३० करोड २२ लाख ७५ हजार नमुना परीक्षण गरिएको छ ।
यस्तै, गत मे ७ तारिखसम्म भारतभर कोभिड–१९ विरुद्धको खोप १६ करोड ९४ लाख ३९ हजार डोज लगाइएको छ । गत जनवरी १६ देखि खोप दिन थालेको भारतमा हाल १८ वर्षभन्दा माथिका व्यक्तिलाई खोप लगाउने गरिएको छ

सम्बन्धित शीर्षक