सार्क स्तरीय क्रसकन्ट्री खेलमा भाग लिन जुम्लाका ४ खेलाडी भारत प्रस्थान

  ।   ३० फाल्गुन २०७८, सोमबार ०८:२२

जुम्ला । भारतको नागल्याण्डमा हुने क्रसकन्ट्री दौड प्रतियाेगितामा भाग लिन जुम्लाका ४ खेलाडी भारततर्फ प्रस्थान गरेका छन् । आगामी मार्च २७ देखि नागल्याण्डमा हुने सार्क स्तरीय क्रसकन्ट्री प्रतियोगितामा भाग लिन छनौट भएका जुम्लाका चार खेलाडी भारत तर्फ प्रस्थान गरेका हुन्।

खेलमा सहभागी हुन भारत जाने खेलाडीहरुलाई आईतबार एक कार्यक्रम गरि जुम्लाबाट विदाई गरिएकाे छ। एथेलेटिक्स खेलाडीहरु बन्धना बुढा, राममाया बुढा, समिता बुढा र दिपेन्द्र बुढालाई बिदाई गरिएकाे कर्णाली स्पाेर्ट क्बल जुम्लाका सहसचिव धनराज सुनारले जानकारी दिए । उनका अनुसार जुम्लाका चार खेलाडीले नेपालकाे प्रतिनिधित्व गरि सहभागी हुने छन् ।

जुम्ला-काठमाण्डौ हुदै भारतको नागल्याण्डमा जाने भएका कर्णाली स्पोर्ट क्लबले जानकारी दिएको छ । क्लवका सहसचिव धनराज सुनारले बन्धना बुढा सिनियर र अन्य तिन जना जुनियर दौड प्रतियोगितामा भाग लिने छन् ।

खेल प्रतियोगितामा सहभागी हुन भारत जाने खेलाडीलाई नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्रबहादुर शाही र चन्दननाथ माविका प्रधानाध्यापक टंकबहादुर महतले दोसल्ला ओेढाई अविर लगाएर विदाई गरेका हुन् ।

यता क्लबका सह-सचिव सुनारका अनुसार खेलाडीलाई जुम्ला देखि काठमान्डाै जाने आर्थिक व्यवस्थापन क्लबलेनै व्यहाेरेकाे छ ।

Next Post

स्थानीय सरकार संचालनको अन्तिम कार्यकालमा तातोपानी गाउँपालिकाको एम्बुलेन्स सेवा सञ्चालन

३० फाल्गुन २०७८, सोमबार ०८:२२
जुम्लाको तातोपानी गाउँपालिकाले आफ्नै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । स्थानीय सरकार संचालनको अन्तिम कार्यकालमा तातोपानी गाउँपालिकाको स्वास्थ्य शाखाबाट एम्बुलेन्स सेवा सञ्चालन भएपछि स्थानीय खुसी छन् । दुर्गम गाउँबाट विरामीलाई स्वास्थ्य संस्था तथा कर्णाली प्रतिष्ठानसम्म सहज रुपमा उपचारका लागि ओसारपोसार गर्ने लक्ष्यका साथ पालिकाले आफ्नै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो […]