कैदीबन्दीलाई खेलकुद सामग्री

जिल्ला कारागार जुम्लाका कैदीबन्दीलाई खेलकुद सामग्री प्रदान गरिएको छ । चन्दननाथ नगरपालिकाका उपप्रमुख अप्सरादेवी न्यौपानेले कैदीबन्दीलाई खेलकुदका सामग्री संगै फिल्टर प्रदान गरेकी हुन । जनता संग नगरउपप्रमुख कार्यक्रम अन्र्तगत सामाग्री उपलब्ध गरिएको न्यौपाने बताउँछिन ।
कारागारमै पुगेर उपप्रमुख न्यौपानले २ सेट भलिबल,४ सेट ब्याटमिन्टन र १ सेट क्यारेमबोर्ड दिएकी हुन । शुद्ध खानेपानीका लागि ५ वटा फिल्टर समेत दिइएको चन्दननाथ नगरपालिकाले जनाएको छ । उपप्रमुख न्यौपानेले कारागारका कैदीबन्दीलाई भेटिन । कारागार भित्रका समस्याका बारेमा जानकारी लिइएकी थिइन ।
कारागार भित्र खेलकुद सामाग्री र शुद्ध खानेपानीका लागि फिल्टर आवश्यक छ भन्ने गुनासो थियो । त्यही गुनासो संवोधन गर्न सामाग्री लिएर कारागारमै पुगे,उपप्रमुख न्यौपानेले भनिन,‘कैदीबन्दी उत्साहित थिए । ’
जुम्ला कारागारमा १ सय १४ जना कैदीबन्दी छन । कैदी खड्कजीत रोकायाले जेल जीवन विताएका नागरिकको लागि निकै राम्रो काम गरेकोमा खुसी पोखे । उनले भने,‘कारागार भित्र कैदीबन्दीले भोगेका समस्या संवोधन गर्न नगरउपप्रमुख आउनु भएकोमा निकै खुसी भयौँ । यो सेवा कहिल्यै भुल्न सकिने छैन । ’
रोकायाले भने,‘यी तत्कालका आवश्यकता पुर्ति भए । तर यहाँ फर्निचर निर्माण गर्ने देखि सिलाइबुनाईका तालिमको व्यवस्थापन गर्नुपर्ने देखिन्छ । जसका लागि नगरपालिका सरकारलाई अपिल गरिरहेका छौँ । ’ कारागार भित्र पुस्तकालय छ । यो धेरै राम्रो काम हो । तर नयाँ नयाँ पुस्तक व्यवस्थापन हुन सकेको छैन । कारागार भित्र पौढ शिक्षाको समेत आवश्यकता रहेकोमा जोड दिएका थिए । जसका लागि नगरपालिकाबाट एक जना शिक्षकको व्यवस्थापन गर्न समेत आग्रह गरेका थिए ।
उपप्रमुख न्यौपानेले कैदीबन्दीले राखेको माग जायज भएको बताइन् । उनले भनिन्,‘माग निकै जायज छन । मागको उचित संवोधनका लागि सक्दो पहल गर्नेछु ।’ कारागारमा सफा खानेपानी प्रबन्ध नभएको,खेलकुद सामाग्रीको अभाव रहेको र कैदीबन्दीलाई हेर्ने नजर निकै नकरात्मक भएकोले सुधारका काम हुन नसकेको गुनासो आइरहेका थिए ।

सम्बन्धित शीर्षक