रोकायाबाडामा १२ बर्ष सम्म पनि बलेन बिजुली

जुम्ला कनकासुन्दरी ७ रोकायाबाडामा १२ बर्ष अघि देखि बिजुली बाल्ने प्रयत्न भएपनि हाल सम्म बिजुली बल्न सकेको छैन । बिजुली बल्न नसक्दा यहाँका गाउँमा अन्धकार छाएको छ । यो वडा कर्णाली प्रदेश सभासदस्य तथा हालका भौतिक पुर्वाधार तथा सहरी विकासमन्त्रीको वडा हो । कर्णाली प्रदेशसभा सदस्य तथा भौतिक पुर्वाधारमन्त्री गाउँ नै बिजुलीविहिन बनेपछि स्थानीय चकित छन । उनीहरुले तत्काल बिजुली व्यवस्थापनको लागि माग गरेका छन । रोकाया यसअघि कर्णाली प्रदेशसभा सदस्य मात्र थिए । अब मन्त्री बनिसकेपछि बिजुली बन्ने आशा स्थानीयले गरेका छन ।
छालसेरी जलविद्युत बनाउन लागेको १२ बर्ष पुगिसकेको छ । न बिजुली निकालिएको छ,नत बिजुली बनाउन विनियोजन गरेको बजेट नै रहेको छ ।
मन्त्री रोकायाले बिजुली निर्माणको लागि १ करोड ३० लाख रुपैयाँ सांसद कोष र निर्वाचन क्षेत्र कोषबाट हालेको बताए । उनले भने,‘बिजुली बाल्नको लागि बजेटको अभाव हुन दिइएको छैन । तर उपभोक्ता समितिले बनाउन ढिलाई गरिरहेका छन । उपभोक्ताको लापरबाहीका कारण गाउँ अहिले पनि अन्धकार नै छ । ’
यही योजनाको लागि तत्कालिन पाण्डगुफा गाउँ विकास समितिबाट पहिलोपटक १५ लाख रुपैयाँ बजेट व्यवस्था गरिएको थियो ।त्यसपछि क्रमश दोस्रो पटक १३ लाख रुपैयाँ, तेस्रो पटक ७ लाख रुपैयाँ, गरिबी निवारण कोष जुम्लाबाट ४८ लाख रुपैयाँ, कनकासुन्दरी गाउँपालिकाबाट २० लाख रुपैयाँ, अध्यक्ष र उपाध्यक्ष कोषबाट १३ लाख रुपैयाँ, कनकासुन्दरी ८ पहिलोपटक १३ लाख रुपैयाँ,दोस्रोेपटक ८ लाख रुपैयाँ, र वडा नम्बर ७ बाट पहिलोपटक ६ लाख रुपैयाँ, दोस्रो पटक ५ लाख रुपैयाँ खर्च भइसकेको जनाइएको छ ।

कनकासुन्दरी गाउँपालिका वडा नम्बर ७ र ८ मा रहेका १२ वटा गाउँका ११ सय घरमा बिजुली छैन । बिजुलीको बनाउदै १२ वर्ष भइसकेको छ । निर्माणको काममा ढिलासुस्ती हुँदा आरसीसी गरेको नहर कतै भत्किएको छ । कतै फाटेको छ । नहरमा ढुंगा भरीएका छन । पाइप फुटेका छन । पोल ढलेका छन । तार चुटिएका छन । केहि ठाउँमा पोल हाल्न बाँकी छ । मेसिन पनि बिग्रेकोले तत्काल बत्ति बल्ने अवस्था देखिदैन ।
बिजुलीका नाममा बजेट ल्याउने,आफन्तहरु उपभोक्ता समितिमा राख्ने र बिजुली बनाउने कामलाई कमाइखाने भाडो बनाउने गरेको स्थानीय माधव काफ्ले बताउँतछन । उनले भने,‘बजेट आउने बित्तिकै उपभोक्ता समिति गठन गर्ने एकै समितिले नचलाएर चार समितिले चलाउने गरेकोले निकै समस्या आएको हो । ’
यहाँका नागरिक हरेक दशैँ र तिहारमा बिजुली बल्छ की भनेर आशमा बस्छन । तर उनीहरुको हरेक दशैँ नयाँ बर्ष अन्धकारमै बित्छ । १२ बर्ष देखि बिजुली बाल्ने सपना पुरा हुन नसकेको स्थानीय धर्मलाल प्याकुरेल बताउँछन ।
उनले भने,‘यो योजनामा बजेटको अभाव देखिएको छैन ।तर काम हुदैन । बिजुली जोड्न भनेर आएका इन्जीनियर र प्राविधिकले नै गलत गर्छन । वडा नम्बर ७ का वडाध्यक्ष धनजित रोकायाले भने,’‘बिजुली बलेपनि बेयरिङ बिग्रने ठुलो समस्या छ ।’अबको केही दिनभित्र यो बिजुली बल्नेछ । उनले भने,‘यदि बनेन भने अर्को बिजुली बनाउने कामको थालनी गर्ने प्रयास हुनेछ । ’

सम्बन्धित शीर्षक