जुम्ला गुठीचाैर हुदै डाेल्पा जाेड्ने सडककाे शिलान्यास


जुम्लाकाे गुठिचाैर गाउँपालिका हुदै डाेल्पा सम्म जाेड्ने सडककाे गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले शिलान्यास गरेका छन् ।

मंगलबार गुठिचाैर गाँउपालिका प्याकुरेबाडा डुईयाभिड मुडुल्ली हुँदै डाेल्पा सम्मकाे सडककाे शिलान्यास गरिएको गाउँपालिका अध्यक्ष भण्डारीले जानकारी दिए ।

गुठिचाैर गाउँपालिकाकाे १ कराेड ३० लाख र प्रदेश सरकारकाे १ कराेड ३० लाख गरि जम्मा २ कराेड ६० लाख लागतमा सडककाे शिलान्यास गरिएको गाउँपालिका अध्यक्ष भण्डारी बताए ।
साे सडककाे शिलान्यासमा प्रमुख प्रशासकीय अधिकृत, याेजना प्रमुख, ईन्जिनियर टिम, निर्माण कम्पनी र स्थानीयकाे उपस्थिति रहेकाे थियाे ।

सम्बन्धित शीर्षक