प्रहरीद्वारा अक्सिजन शिलिण्डर संकलन गरी वितरण

  ।   २६ बैशाख २०७८, आईतवार १४:५८

भक्तपुर प्रहरीले अक्सिनज ग्याँसको प्रयोग भइरहेको विभिन्न ठाउँंहरुबाट खाली तथा भरिएका अक्सिजन ग्याँस शिलिण्डर संकलन गरी विभिन्न अस्पतालहरुमा वितरण गरेको जनाएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरले जिल्लाको वडा एरियामा अस्पताल (स्वास्थ्य क्षेत्र) देखि बाहेक अक्सिजनको प्रयोग भइरहेको उद्योग, कल कारखाना, कवाडी संकलन केन्द्रसमेतमा रहेको त्यस्ता अक्सिजनका खाली तथा भरी सिलिण्डरहरु महानगरीय प्रहरी परिसर भक्तपुर तथा मातहतका वृतहरुबाट संकलन र वितरण गर्ने कार्य भइरहेको जनाएको छ।

Next Post

जुम्लामा २६ दिनमा १ सय ३० जना कोरोना संक्रमित

२६ बैशाख २०७८, आईतवार १४:५८
जुम्लामा वैशाख १ गतेदेखि हालसम्म १ सय ३० जना कोरोना संक्रमित देखिएका छन्। जिल्ला स्वास्थ्य सेवा कार्यालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चेकजाँच गरिएकोमा १ सय ३० जना संक्रमित देखिएका हुन्। स्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाका अनुसार ४ सय ७२ एन्टिजेन जाँच गरेकोमा ४० जनामा कोरोना पोजेटिभ देखिएको […]