अस्पतालमा बेड छैन पालो कुर्दै जान्छ ज्यान

  ।   २६ बैशाख २०७८, आईतवार १४:३९

बाँकेमा तीव्र रुपमा फैलिएको नयाँ भेरियन्टको कोरोना संक्रमण अनियन्त्रित बनेको छ । नेपालगन्जस्थित भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु हुने क्रम रोकिएको छैन् । कोरोना संक्रमणबाट शनिबार(आज) पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र २ जना पुरुष रहेका छन् ।

नेपालगन्ज–२ बाँकेका ७४ वर्षीय पुरुषको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेजमा यही वैशाख १८ गते पिसिआर परिक्षण गराउँदा उनलाई कोरोना पुष्टि भएको थियो । सोही दिन मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएका उनको शनिबार बिहान १० बजेर ३० मिनेटमा मृत्यु भएको हो ।

यस्तै जानकी–३ बाँकेकी ५५ वर्षीया महिलाको पनि उपचारका क्रममै मृत्यु भएको छ । यही वैशाख २० गते भेरी अस्पतालमा पिसिआर परिक्षण गराउँदा उनलाई कोरोना पुष्टि भएको थियो । तीन दिन होमआइसोलेशनमा बस्दा स्वास्थ्य अवस्था गम्भीर  बन्दै गएपछि उनी बैशाख २३ गते भेरी अस्पतालमा भर्ना भएकी थिईन् । स्वास्थ्यमा कुनै सुधार नभएपछि शनिबार बिहान १० बजेर ३० मिनेटमा मृत्यु भएको हो ।

नेपालगन्ज–४ बाँकेका ५८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भेरी अस्पतालमा यही बैशाख १७ गते पिसिआर परिक्षण गराउँदा उनलाई कोरोना पोजेटिभ भएको थियो । त्यसपछि बैशाख १९ गते भेरी अस्पतालमा भर्ना भएका उनको स्वास्थ्यमा कुनै सुधार नआएपछि शनिबार बिहान ९ बजे मृत्यु भएको हो ।

यसैगरी नेपालगन्ज–१४ बाँकेकी ३८ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारका क्रममा उनको शनिबार बिहान ६ बजेर ४५ मिनेटमा मृत्यु भएको हो । भारतको लखिमपुरमा यही बैशाख १४ गते पिसिआर परीक्षण  गराउँदा उनलाई कोरोना पुष्टि भएको थियो । त्यसपछि उनी बैशाख १६ गते भेरी अस्पतालमा भर्ना भएकी थिईन् ।

नेपालगन्ज–१० बाँकेकी ३८ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा शनिबार बिहान ४ बजेर ३० मिनेटमा उनको मृत्यु भएको हो । बागेश्वरी ल्याबमा पिसिआर परिक्षण गराउँदा उनलाई बैशाख १२ गते कोरोना पोजेटिभ भएको थियो । त्यसपछि भोलीपल्ट उनी शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएकी थिईन् ।

‘जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र’ बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ७७ र बाहिरी जिल्लाबाट उपचारका लागि बाँके आएका १ सय ३१ जनाको मृत्यु भएको उनले बताए ।  यसैबीच बाँकेमा शनिबार नै १ सय ७८ महिला र २ सय ३१ पुरुष गरी ४ सय ९ जना कोरोना भाईरसबाट निको भएर डिस्चार्ज भएको फोकल पर्सन ओलीले जानकारी दिएका छन् ।

Next Post

प्रहरीद्वारा अक्सिजन शिलिण्डर संकलन गरी वितरण

२६ बैशाख २०७८, आईतवार १४:३९
भक्तपुर प्रहरीले अक्सिनज ग्याँसको प्रयोग भइरहेको विभिन्न ठाउँंहरुबाट खाली तथा भरिएका अक्सिजन ग्याँस शिलिण्डर संकलन गरी विभिन्न अस्पतालहरुमा वितरण गरेको जनाएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरले जिल्लाको वडा एरियामा अस्पताल (स्वास्थ्य क्षेत्र) देखि बाहेक अक्सिजनको प्रयोग भइरहेको उद्योग, कल कारखाना, कवाडी संकलन केन्द्रसमेतमा रहेको त्यस्ता अक्सिजनका खाली तथा भरी सिलिण्डरहरु […]

सम्बन्धित