पोखरेलविरुद्ध पुनःअविश्वास प्रस्ताव दर्ता

  ।   २६ बैशाख २०७८, आईतवार १४:१९

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध  फेरी अविश्वास प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरूले मुख्यमन्त्री पोखरेलविरुद्ध आइतबार अविश्वास प्रस्ताव दर्ता गरेका  कांग्रेस सचेतक फकरुद्धीन खानले बताए।

अविश्वास प्रस्तावमा ४० जनाले हस्ताक्षर गरेको खानले बताए। माओवादी केन्द्रका सांसद कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै पुनः अविश्वास प्रस्ताव दर्ता गरिएको हो। पोखरेल विरुद्ध वैशाख ६ गते पहिलो पटक अविश्वास प्रस्ताव दर्ता भएको थियो।

Next Post

अस्पतालमा बेड छैन पालो कुर्दै जान्छ ज्यान

२६ बैशाख २०७८, आईतवार १४:१९
बाँकेमा तीव्र रुपमा फैलिएको नयाँ भेरियन्टको कोरोना संक्रमण अनियन्त्रित बनेको छ । नेपालगन्जस्थित भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु हुने क्रम रोकिएको छैन् । कोरोना संक्रमणबाट शनिबार(आज) पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र २ जना पुरुष रहेका छन् । नेपालगन्ज–२ बाँकेका ७४ […]