‘सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८’ कर्णाली प्रदेश सभामा टेबुल

कर्णाली प्रदेश सभा बैठकमा एउटा गैरसरकारी विधेयक टेबुल भएको छ।सोमबारको संसद बैठकमा जुम्लाका सांसद नरेश भण्डारीले दर्ता गराएका दुइटा गैरसरकारी विधेयकमध्ये एउटा टेबुल गरिएको हो।

सांसद भण्डारीले प्रदेश सभा नियमावली २०७४ को नियम १०५ अनुसार ‘सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८’ सभा समक्ष पेस गरेका छन्।

नेपालको मूल सभ्यता सिंजा क्षेत्र र सिंजा सभ्यतासँग सम्बन्धित कर्णाली प्रदेशका अन्य भू-भागको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक, धार्मिक एवम भाषिक पर्यटन प्रवर्द्धन गरी आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यका साथ उनले यो गैरसरकारी विधेयक संसद सचिवालयमा दर्ता गराएका थिए।

आज टेबुल भएको यो विधेयकमाथि भोलिको बैठकमा छलफल चल्नेछ। यो विधेयक प्रदेश सभामा ल्याइएको नेपालको पहिलो गैरसरकारी विधेयक पनि हो।
भण्डारीले केही दिनअघि ‘कर्णाली नव–प्रवर्तन, अन्वेषण तथा आविष्कार प्रतिष्ठान विधेयक, २०७८’ पनि संसद सचिवालयमा दर्ता गराएका छन्।

उक्त गैरसरकारी विधेयक पनि मंगलबारको संसद बैठकमा टेबुल गरिनेछ।

सम्बन्धित शीर्षक