हिउँमा फसेका ३४ जनालाई राहत दिएर फर्कियो हेलिकोप्टर

जुम्ला । तातोपानी गाउँपालिका ८ मा हिउँमा फसेका नागरिकलाई राहत दिएर हेलिकोप्टर फर्किएको छ । गाग्रीलेकको पाटनमा जडिबुटी संकलन गर्न गएका सर्वसाधारण भारी हिमपातमा फसेपछि कर्णाली प्रदेश सरकारले हेलिकोप्टरमार्फत राहत वितरणको व्यवस्था मिलाएको हो।

बिहीबारदेखि परेको हिमपातका कारण जडिबुटी संकलन गर्न पाटन गएका तातोपानी ८ का ३४ जना हिउँमा फसेका हुन् ।

स्थानीयका अनुसार गाग्रीको लेक ऐडी ओढारमा र खोटी सल्लामा बसिरहेका उनीहरूलाई राहत सामग्री दिएर हेलिकोप्टर फर्किएको हो । हिउँ बाक्लो जमेकाले उनीहरू सहजै घर फर्कने अवस्था नभएकाले प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले बताउनु भयो । सोही कारण उनकै पहलमा कर्णाली सरकारले खाद्यन्न खसालेको हो । हेलिकोप्टरले ऐडि ओडार, गाग्री ओडार, खोटी सल्लामा बसेका नागरिकलाई राहत दिएर फर्किएको तातोपानी(८ का सुरत बहादुर शाहीले बताउनु भयो । जडिबुटी ( खिरौलो) कोर्न गएका गएका ३४ जना यहाँ फसेको खबर आएको उहाँले बताउनु ाभयो। हेलिकोप्टर ल्याड गर्ने अवस्था नभएपछि राहत वितरणको व्यवस्था मिलाइएको हो ।

यस अछि ५५ जना हिउँमा फसेको खबर आए पनि प्रशासनमा ३४ जनाको लिष्ट आएको प्रमुख जिल्ला अधिकारी प्रसाईले बताउनु भयो । उहाँले भन्नुभयो, राहत दिने स्थानमा २० जना जति देखिएको र सबै सहकुसल रहेको अनुमान छ ।

हिमालय टाइम्स बाट साभार

सम्बन्धित शीर्षक