कर्णालीबासीको आशा र भरोसा दीनबन्धु श्रेष्ठ


जुम्लाका दीनबन्धु श्रेष्ठ नेपाली काँग्रेसका नेता हुन । उनी कार्यकर्ता प्रतिको आशा र समग्र कर्णालीबासीको भरोसा केन्द्र हुन । सादा जीवन उच्च बिचारका धनी मानिने श्रेष्ठ व्यक्तिगत स्वार्थ, जालझेल,षडयन्त्रमा कहिले लागेनन । सामुहिक स्वार्थलाई सर्वोपरी ठाने । समर्ग कर्णालीको विकास र समृद्धिको पक्षमा उभिए । नेता श्रेष्ठलाई कर्णालीबासीले साधारण व्यक्ति तथा असाधरण व्यक्तिको रुपमा हेर्ने गरेका छन ।
नेता श्रेष्ठ कर्णाली प्रदेश सरकारमा झण्डै ६ महिना मन्त्री बने । उनको कार्यकालमा थुप्रै जनपक्षीय काम भए । बजेट तर्जुमा गर्ने देखि सचिव संग सबैभन्दा पहिले कार्य सम्झौता गर्ने मन्त्री हुन । जलस्रोत तथा उर्जा विकास मन्त्री नियुक्त भएका श्रेष्ठले मन्त्रालयको व्यवस्थापन,कर्मचारी खटनपटन देखि जनसम्बन्ध र प्रतिपक्षी संगको सम्बन्धलाई निकै राम्रो बनाएका थिए ।
उतिबेलाको कर्णाली प्रदेश सरकारमा मन्त्री श्रेष्ठ उत्कृष्ठ काम गर्ने नेताका रुपमा परिचित थिए । विपदको समयमा उनले गर्ने समन्वय निकै लोभलाग्दो थियो । उनी १० वटै जिल्लामा स्थापना भएका जलस्रोत तथा उर्जा विकास कार्यालयका प्रमुख संग विपद्का समयमा ध्वस्त भएका खानेपानी,उर्जा र सिँचाइ क्षेत्रका पुर्वधार पुर्ननिर्माणमा तत्काल काम थाल्न निर्देशन गरिरहेका हुन्थे । जसले जनताले विपदमा क्षतिको अनुभुति गर्न पाएनन ।
नयाँ मन्त्रालय भएकोले व्यवस्थापन गर्न कठिन थियो । मन्त्रालयको स्वरुप दिन उनले निकै मेहनत गरे । उनी मन्त्री हुँदाका मन्त्रीको सचिवालयमा रहेका एक सदस्यले भने,‘कर्मचारीको हौसला,जनताको असल सेवक, प्रतिपक्ष र सत्ता पक्षको भरोसा बनिरहेँ । ’
नेता श्रेष्ठ समस्या देखि कहिल्यै भागेनन । बर्तमान मुख्यमन्त्री जीवनबहादुर शाहीको जिल्ला हुम्लामा बाढीले विद्युतको नहर बगाएपछि विद्युत सेवा पुर्णरुपमा बन्द थियो । उनकै पहलमा एक साता भित्रै बिजुली बल्यो ।
मन्त्रीपरिषदको बैठकमा निर्धकका साथ जनताका सवाल राख्थे । सांसद र प्रतिपक्षी संग सौहार्दपुर्ण वातावरणमा काम गरेर देखाए यो नै उनको सफलता थियो । अहिले कर्णाली प्रदेश सरकारमा मन्त्रीमण्डलले पुर्णता पाउन सकेको छैन । मन्त्री मण्डलमा नेता श्रेष्ठलाई समेट्न कर्णालीबासीले माग गरेका छन ।
यो पटक नेता श्रेष्ठले मन्त्री नपाउनु सिंगो कर्णालीलाई घाटा हो । स्थानीय जीवनबहादुर बुढाले भने,‘मन्त्री भन्दा पनि मन्त्रालयमा रहदा गरेको कामको उचित मुल्यांकन हुनुपर्छ । यो पटक पनि नेता श्रेष्ठले मन्त्री पाउनुपर्छ । उनी नै जनता र समकक्षीको मन रिजाउने एक मात्र नेता हो । काँग्रेसले यो पटक नेता श्रेष्ठलाई मन्त्री बनाएर कर्णालीबासीको माग संवोधन गर्नुपर्छ । यो नै कर्णालीबासीका लागि न्याय हुनेछ । ’

नेता श्रेष्ठ मन्त्री हुदा उठिल्ले देखि ऐरेनी सम्मको सिचाइको निर्माण भयो । ऐरेनी लिफ्टसिचाइँको काम प्रारम्भ भएको छ । तिला र हिमा नदिको सिमानामा जलविद्युत उत्पादनको संभावव्यता अध्ययन शुरु भएको छ । समयमै बजेट तर्जुमा तथा कार्यन्वयन भएको छ । २०६४ सालमा अन्तरिम सांसद भएका श्रेष्ठ कार्यकर्ताको नजरमा एक इमान्दार र कर्तव्यनिष्ट नेताका रुपमा परिचित छन । कार्य क्षमता हुदाहुदैँ पनि गुटको सिकार नबनाउन जुम्ली काँग्रेसले आग्रह गरेको छ ।
नेता श्रेष्ठ काँग्रेस पार्टीमा एक त्यागी नेता हुन । राजनीतिक परिवारमा हुर्केका उनी समग्र कर्णालीलाई केही गरौँ भन्ने आवश्यकता बोकेका व्यक्ति हुन । काँग्रेस उपसभापति कार्मा बुढाले भने,‘काँग्रेस भित्र नेता श्रेष्ठ एक इमान्दार नेता हुन । छलछाम षडयन्त्र गर्न जानेका छैनन । जनता प्रति जवाफदेही र कार्यकर्ता प्रति कर्तव्यबोध गर्ने नेता हुन । ’
मन्त्रालयमा जाने बुझेको र अनुभवी व्यक्ति चाहिन्छ । उनले भने,‘उहाँ जतिको मान्छेलाई मन्त्री नबनाउनु राम्रो मानिदैन ।’ मुख्यमन्त्री शाहीले नेता श्रेष्ठलाई मन्त्री बनाएको खण्डमा सिंगो काँग्रेसको हीत हुने कार्यकर्ताहरु बताउँछन । मन्त्री हुदा श्रेष्ठ हरेक बस्ती सम्म पुगेर जनगुनासो सुन्ने गरेका थिए । गाउँमा गएर जनताको माग सुन्ने र सरकारले पुरा गर्न सक्ने माग पुरा गर्ने बचन दिन्थे । सानो ठुलो नभनेर सबैलाई एकै प्रकारको व्यवहार गर्ने उनको बानी नै हो ।

सम्बन्धित शीर्षक