कोरोनाले विश्वमा ९ लाख ८० हजारको मृत्यु

काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ९ लाख ८० हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले ९ लाख ८० हजार ३१ संक्रमितको मृत्यु भइसकेको छ ।

संक्रमितको संख्या ३ करोड २१ लाख १० हजार ६५६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ३ लाख ३ हजार ५ संक्रमित थपिएका तथ्यांकमा उल्लेख छ ।

सम्बन्धित शीर्षक