जुम्लामा बैशाख २२ गते राति १२ बजेदेखि निषेधाज्ञा

कोरोना संक्रमणको दर बढ्दै जान थालेपछि जुम्लामा निषेधाज्ञ गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले बुधबार राति १२ बजेदेखि बैशाख मसान्त सम्म निषेधाज्ञ जारी गर्ने निर्णय गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइका अनुसार विहान ६ बजेदेखि ९ बजे सम्म अत्यावश्यक बस्तु किनबेचका लागि खुला हुने भएपनि अरु समयमा ठप्प हुने बताए । उनले भने,‘यो समय निकै जोखिमयुक्त समय भएकोले सबैले स्वास्थ्य सुरक्षा मापदण्डको परिपालना गर्न जरुरी छ । आफु बचौँ, अरुलाई पनि बचाऔँ भन्ने मान्यतालाई आत्मसाथ गर्दै स्वास्थ्य सुरक्षाका क्रियाकलाप अपनाउन आग्रह गरिएको छ । ’
यसअघि कोभिड १९ संकट व्यवस्थापन समितिले विद्यालय बन्द गर्ने,पन्ध्र जना देखि बढि भिडभाड गर्न नपाइने, गाउँपालिका तथा नगरपालिकाले कोभिड सम्बन्धि रणनीति बनाउने निर्णय गरेको थियो । सहायक प्रमुख जिल्ला अधिकारी चोलागाइँले कोरोना संक्रमण फैलन नदिनको लागि सबै सचेत हुनु पर्ने बताए ।

सम्बन्धित शीर्षक