खलंगा । जिल्लाको छेडागाड नगरपालिका ६ का वडाध्यक्ष रामबहादुर केसीलाई कालोमोसो दलेको घटनाप्रति नेकपा एमाले जाजरकोटले गम्भीर ध्यानआकर्षण भएको जनाएको छ ।
मंगलबार पार्टी अध्यक्ष खिमबहादुर शाहीले एक विज्ञप्ती जारी गर्दै गम्भीर ध्यानआकर्षण भएको जनाएका हुन् ।
विज्ञप्तीमा भनिएको छ, ‘नेपाल कम्यूनिष्ट पार्टी संग आवद्ध अखिल क्रान्तिकारी बताउने केही झुण्डको समुहले संविधान र कानुन भन्दा माथि आफुलाई ठान्दै सार्वजनिक रुपमा कालोमोसो दलेर उहाँको व्यक्तिगत र राजनीतिक छविमा आँच पुर्याउने गरी गरिएको हर्कतप्रति हाम्रो पार्टीको गम्भीर ध्यानआकर्षण भएको छ ।’
सामाजिक सञ्जालमा व्यक्त गरेका आरोपहरुको स– प्रमाण खण्डन गर्न समेत चुनौती दिएको अध्यक्ष शाहीले बताए । आगामी दिनमा यस खालका गलत हर्कत क्रान्तिकारी मजाक नगर्न सम्बन्धीत व्यक्ति र समुहलाई चेतावनी समेत दिईएको छ ।
उक्त कार्यमा संग्लन दोषीहरुलाई कानुनी दायरामा ल्याई अविलम्ब कारबाही गर्न स्थानीय प्रशासन समक्ष अपिल समेत गरिएको छ । वडाध्यक्ष केसी नेकपा एमाले जाजरकोट जिल्ला कमिटी सदस्य समेत हुन् ।