नागरिकलाई सचेत गराउन बुढ्थापा माक्स वितरण गर्न आफै बजारमा

कोरोना भाईरस अर्थात कोविड १९ को संक्रमण हुन नदिन नागरिकलाई सचेत गराउन चन्दननाथ नगरपालिका जुम्लाका प्रमुख प्रशासकिय अधिकृत क्षेत्र बहादुर बुढ्थापा माक्स वितरण गर्दै आफै बजार निस्कनु भएको छ । यो माहामारीको बिषम परिस्थतीमा नागरिकहरुले बिना माक्स बजारमा हिडडुल गर्नै गरेको हुनाले नागरिकलाई सचेत गराउन माक्स माक्स बाड्दै बजार हिडेको बुढ्थापाले बताउनु भयो ।

उहाँका अनुसार चन्दननाथ नगरपालिका, यूनिसेफ नेपाल र जिल्ला प्रहरी कार्यालय जुम्लाको संयुक्त आयोजनामा बजार क्षेत्रमा बिना माक्स हिडडुल गरी रहेका नागरीकलाई माक्स लगाउन सचेत गर्दे माक्स नलगाई हिडेका मानिसलाई माक्स प्रदान गरीएको बुढ्थापाको भनाइ रहेको छ ।

सचेतनाका लागि सूचना प्रशारण गर्दा पनि नागरिकहरुले विना माक्स बजारमा हिडडुल गरि रहेको हुनाले तपाइको माक्स खोई अभियानलाई निरन्तरता दिईएको उहाँले बताउनु भयो । प्रमुख प्रशासकिय अधिकृत बुढ्थापाका अनुसार माहामारी नियन्त्रण र रोगथाममा मेरो प्रतिबद्धता, माक्स लगाउनु हो रु आजको अनिवार्य आवस्यकता भन्ने मुल हेतुका साथ तपाईको माक्स खोई अभियानलाई निरन्तरता दिईएको जानकारी दिनु भयो ।

उहाँका अनुसार बजार क्षेत्रमा बिना माक्स हिडडुल गरी रहेका नागरीकलाई माक्स लगाउन समेत अनुरोध गरिएको बताउनु भयो । बजार क्षेत्रमा माईकिंग मार्फत बिना माक्स बजारमा हिडडुल नगरौँ, कोरोना भाईरसबाट आफु बचौँ र अरुलाई पनि बचाआँै, बिना काम हिडडुल नगरौँ र आवस्यकता भए मात्र घरबाट बाहिर निस्कौ लगायतका प्यले कार्ड बोकेर बजार क्षेत्रमा रहेका नागरीकहरुलाई सचेत गराईएको बुढथापाले बताउनु भयो ।

यस्तै जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार सबै नागरीकहरुलाई बिना माक्स यताउता हिडडुल नगर्न अनुरोध गर्नु भएको छ । हर प्रहर, गाउँ नगरी, टोल टोलमा नेपाल प्रहरी भन्ने हेतुका साथ नागरीकलाई माक्स लगाउन सचेत गराउदै बजार क्षेत्रमा लागी परेको बताउनु भयो ।

सम्बन्धित शीर्षक