बैंक खाता खाेल्न हिडेकी वद्धाकाे बाटाेमै मृत्यु

  ।   २९ पुष २०७८, बिहीबार २१:२९
कालिकोट । बैंक खाता खोल्न हिँडेकी ६० बर्षीया वृद्धाको बीच बाटो मै मृत्यु भएको छ । कालीकोट जिल्लाको पलाँता गाउँपालिका–३ पनेराकी टिउकी बमको बैंक जाने क्रममा बाटोमै मृत्यु भएको हो । पालिकाले बैंक खाता नभइ वृद्धभत्ता नदिने भनेपछि उनी खाता खोल्न करिब १० किलोमिटर टाढाको थिर्पु जादै थिइन । सोही क्रममा वृद्धाको ज्यान गएको हो ।

१० किलोमिटर हिडेर खाता खोल्न जानु पर्ने भएपछि उनी बिहीबार बिहानै घरबाट हिडेकी थिइन् । वृद्धावस्था र शारीरिक रुपमा पनि अस्वस्थ हुँदाहुँदै उनी घरबाट निस्केको स्थानीयले बताएका छन् । उनी पलाँताको थिर्पुमा रहेको नबिल बैंकमा खाता खोल्न आउँदै थिइन ।

Next Post

कर्णालीमा सत्ता गठबन्धनमै असन्तुष्टी, तीन महिना पुग्नै लाग्दा सरकार विस्तार नहुनु पनि कीर्तिमान हाे : विष्ट

२९ पुष २०७८, बिहीबार २१:२९
सुर्खेत । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्री परिषद् विस्तार अझै गर्न सकेका छैनन् । गठबन्धनमा सहमति नहुँदा मन्त्री परिषद्ले पूर्णता नपाएकाे चर्चा भइरहँदा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले खुलेरै आलोचना गरेकाे छन् । सरकार विस्तार गर्न नसकेकोमा विष्टले कर्तिमानी कायम कायम गरेकाे […]