सेनाकाे हेलिकाेप्टरबाट गर्भवतीकाे उद्दार

  ।   २९ पुष २०७८, बिहीबार २१:२५

दैलेख । यहाँकाे ठाटिकाँध गाँउपालिकाकी एक महिलालाइ नेपाली सेनाकाे हेलिकाेप्टरबाट उद्दार गरिएकाे छ । लामाे समयदेखी सुत्केरी व्यथा लागेकी ठाँटीकाँध गाउँपालिका –६ की २० वर्षीया कल्पना खत्री सिँजापतिलाई सेनाकाे हेलिकाेप्टरबाट उद्दार गरिएकाे हाे ।

अत्यधिक रक्तश्रावका कारण स्थानीय स्वास्थ्य चाैकीमा उपचार सम्भव नभएपछि थप उपचारकाे लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत नेपाली सेनाकाे हेलिकाेप्टरबाट उद्दार गरिएकाे जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए । कल्पनालाइ मंगलबारदेखि नै सुत्केरी व्यथा लागेकाे हाे । कल्पनालाइ कर्णाली प्रदेश अस्पताल कालागाउँ लगिएकाे छ ।

Next Post

बैंक खाता खाेल्न हिडेकी वद्धाकाे बाटाेमै मृत्यु

२९ पुष २०७८, बिहीबार २१:२५
कालिकोट । बैंक खाता खोल्न हिँडेकी ६० बर्षीया वृद्धाको बीच बाटो मै मृत्यु भएको छ । कालीकोट जिल्लाको पलाँता गाउँपालिका–३ पनेराकी टिउकी बमको बैंक जाने क्रममा बाटोमै मृत्यु भएको हो । पालिकाले बैंक खाता नभइ वृद्धभत्ता नदिने भनेपछि उनी खाता खोल्न करिब १० किलोमिटर टाढाको थिर्पु जादै थिइन । सोही क्रममा वृद्धाको […]