माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय

  ।   २५ पुष २०७८, आईतवार २०:५४

काठमाडौं : कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ ।

आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले विद्यालय बन्दको निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् ।

‘कतिपय विद्यालयमा हिउँदे विदा पनि जारी रहेकाले त्यसलाई माघ १५ गतेसम्म लम्ब्याउने गरी निर्णय गरेका हौं, यसले संक्रमणको चेन ब्रेक गर्ने अपेक्षा छ’ उनले भनिन्, ‘ निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुमा सिफारिस गरिसकेका छौं ।’

बैठकले प्रमुख जिल्ला अधिकारीले जिल्लामा संक्रमणको अवस्था हेरेर स्मार्ट लकडाउन गर्न सक्ने निर्णय पनि गरेको उनले जानकारी दिइन् ।

पछिल्लो केही दिनयता नेपालमा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले अरु क्षेत्रभन्दा पहिले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

Next Post

विद्यालय व्यवस्थापन समिति अध्यक्षको मनोमानी : आफैंलाई २० लाख दिने निर्णय

२५ पुष २०७८, आईतवार २०:५४
जुम्ला । तिला गाउँपालिका–३ जुम्लास्थित सरस्वती प्राविधिक माध्यमिक विद्यालयका व्यवस्थापन समिति (विव्यस)का अध्यक्ष दल गिरीले आफैले गरेको निर्णयविपरित काम गरेका छन् । गिरीको अध्यक्षतामा २७ माघ ०७६ मा बसेको बैठकले कृषि बाली विज्ञान कक्षा सञ्चालनको लागि आएको सशर्त अनुदान रकमबाट कृषि ल्याबमा आवश्यक सामग्री खरिद गर्न दरभाउ पत्र माग गर्ने […]

सम्बन्धित