जुम्लाका आलु व्यापारीको नेपालगन्जमा शंकास्पद हत्या

कोहलपुर ः शुक्रबार साँझपख नेपालगन्ज–१८, लग्दहवामा जुम्लाका ३३ वर्षीय लोकप्रसाद न्यौपानेको शव शंकास्पद अवस्थामा भेटिएको हो । लोकप्रसादको हत्या भएको उनका आफन्तहरुले दाबी गरेका छन् । मृतकको निधारमा थोरै रगत आए जस्तो देखिएको छ ।

भने घाटीमा पनि थोरै कोरिएको जस्तो दाग भएको प्रहरीकाले बताए । सामान्य चोट देखिएपछि प्रहरीले हत्या भएको हुन सक्ने आँकलन गरेको छ । लग्दहवा सडकअन्तर्गत आँप बगैयाभन्दा दक्षिणतर्फ खेतमा उनको शव भेटिएपछि स्थानीयले शुक्रबार करिब ५ः१५ बजेतिर प्रहरीलाई खबर गरेका थिए । बिहीबार साँझ हत्या भएको हुन सक्ने अनुमान गरिएको छ ।

मृत भेटिएका न्यौपानेको साथमा अन्य व्यक्तिगत कागजात पनि फेला परेका छन् । उनी आलु व्यापारी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खिमबहादुर घर्तीले जनाए । उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित शीर्षक