सङ्क्रमणमा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सम्भावित कोरोना भाइरसको तेस्रो लहरको सङ्क्रमणमा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको कोभिड निर्देशक समितिको बैठकमा प्रधानमन्त्री देउवाले पर्याप्त मात्रामा बुस्टर डोज र अक्सिजनको व्यवस्था गर्न सम्बद्ध सबैलाई निर्देशन दिनुभयो ।

प्रधानमन्त्री देउवाले विदेशबाट आउनेहरूका लागि होल्डिङ सेन्टरमा राख्नुपर्ने बताउनुभयो ।

सम्बन्धित शीर्षक