दैलेखमा जिप दुर्घटना : एकजनाको मृत्यु‚ आठ घाइते

  ।   २१ पुष २०७८, बुधबार १९:४१

दैलेख : भगवतिमाई गाउँपालिका वेस्तडादेखि दैलेख बजार आउँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु र आठ जना घाइते भएका छन्।

लु २ च ४८२९ नम्बरको जिप नारायण नगरपालिका-११ लोहोरेमा बुधबार बिहान करिब ९ बजे दुर्घटना भएको हो। दुर्घटनामा जिप चालक भगवतिमाई-१ का करिब ३० वर्षीय कृष्ण रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख भुवनेश्वरप्रसाद शाहले जानकारी दिए।

शाहका अनुसार जिपमा सवार आठ जना घाइते भएका छन्। तीमध्ये तीन जनाको अवस्था गम्भीर छ। गम्भीर घाइतेलाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ। जिप दुर्घटना हुनको कारण खुल्न सकेको छैन।

Next Post

जुम्लामा दोस्रोपटक हिमपात , जनजीवन कष्टकर

२१ पुष २०७८, बुधबार १९:४१
गणेश रावत , कर्णाली प्रदेशको जुम्ला जिल्लामा दोस्रोपटक हिमपात भएको छ । दोस्रोपटक हिमपात हुदा जुम्लामा अत्यधिक चिसो बढेको छ । हिजो रातिदेखि आउँन शुरु गरेको राति पानी परेर बिहान देखि हिमपात भएको हाम्रा सहकर्मी दिपक विश्वकर्माले जानकारी दिए । यतिबेला जुम्लाका हिमाल डाँडाकाडा हिउँले सेताम्य भएका छन् । हिमपात […]