हिमपातमा नै तालिम गर्दै जुम्लाका खेलाडीहरु

No description available.
गणेश रावत,
जुम्ला । हिमपात हुँदा पनि जुम्लाका खेलाडिहरु पनि तालिम गरेका छन । खेलाडीहरुले हिमपातमा नै भएपनि तालिम गर्ने चासो देखाए पछि तालिम गराईएको हो । खेलाडीहरुको चासो देखाए पछि बिहानबाट भइरहेको हिमपातमा पनि तालिम गराएको ध्वाँक हरी रोकायले बताए ।

उनले भने ‘आउँदै गरेको हिँमपातमा पनि खेलाडिले रमाउँदै तालिम गरेका छन् ।’ कर्णालीको जुम्ला ,मुगु, हुम्ला लगायत हिमाली जिल्लामा हिमपात भएको छ । हिमपात भएसंगै अत्याधिक चिसो बढेको छ । सदरमुकाम क्षेत्रमा एक फुट र उच्च ग्रामिण भेगमा तिन फुट सम्मा हिमपात भएको छ ।

जति सुकै चिसो भएपनि जुम्लाका खेलाडिहरुले भने तालिम गर्न नछोडेको कर्णाली स्पोट कलबका अध्यक्ष सरोज शाहिले बताए । जुम्लामा अहिले माइनस डिग्री चिसोमा पनि दौडिदै रमाउँदै तालिम गरेका रहेका छन् ।

सम्बन्धित शीर्षक