चेते कुलालको घटनामा संग्लन शंकास्पद दुई जना प्रहरी नियन्त्रणमा

जुम्ला । पन्ध बर्ष देखि ओडारमा बस्दै आएका चेते कुलालको मृत्यु घटनामा संग्लन शंकास्पद दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार शंकास्पद दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ, दुई जना माथि थप अनुसन्धान भईरहेको छ । तत्काल नाम ठेगाना नखुलाइएको चन्दले बताए ।

सोमबार विहान सम्म ओडारमा ठिकै रहेका कुलालको राती रहस्यमय मृत्यु भएको थियो ।

सम्बन्धित शीर्षक