विहान उठ्ने वितिकै फोहोर उठाउन जान्छन् हाकिम साव !

गणेश रावत
जुम्ला । सदरमुकाम खलंगाको मुहार क्षेत्रबहादुर बुढ्थापाले हप्ता दिनमै बदेलेका छन् । बुढ्थापाले वर्षौ देखी थन्कीएको फोहोर व्यवस्थापनमा सक्रिय रुपमा लागेका छन् । जुम्लाको ढुकढुकी मानिने खलंगा बजारमा फोर व्यवस्थापन गर्न एक चुनौती हो ।

यहि बिहीबार बसेको बैठक अनुसार बुढ्थापा लागि परेका छन् । उनले यो जिम्मेवारी पाएको धेरै समय भएको छैनन् । छोटो समयमै अस्थायी डम्पीङसाइडकोे ब्यवस्थापन गरी बजार सफा सुगर बनाउन थालेका छन् । बुढ्थापा बिहान उठ्ने बितिकै नगरका कर्मचारी लिएर बजारको फोहोर उठाउन जानछन् ।

निर्वाचन जितेर आउँदा देखि नागरिकको गुनासो खेप्दै आएको चन्दननाथ नगरपालिका अहिले कार्यकाल सकिन लाग्दा फोर व्यवस्थापनमा जटेको छ । उजाड नगर दुर्गन्धीत सहर बनेको थियो । यो कर्णाली प्रदेशमा पर्न जुम्ला जडिबुटी , धार्मिक, कला , संस्कृति र सम्पदाले भरिपूर्ण मानिन्छ । यसको सदुपयोग भएको छैन् ।

बजारमा फोहोर ,नाला गनाउने हुदाँ पर्यटनलाई समेत घुम्दा मुख छोपेरे घुम्थ्ये । पछिल्लो समय भने जुम्ला सदरमुकाम चिरीचट् भएको छ । नगरपालिका प्रमुख प्रशासकिय अधिकृत अहिले फोर व्यवस्थापनमा खटिएका छन् । चन्दननाथ नगरपालिका सुन्दर बनाउने योजना सहित लागि परेको बुढ्थापाले बताए ।

सदरमुकाम खलंगा बजार क्षेत्रमा पछिल्लो समय मनिसको बसोवास बढेसँगै दिन प्रतिदिन फोहोर पनि बढ्दै गएको हो । बजार क्षेत्रमा जथाभावी फोहोर फालिदिने गलत बानी र संस्कारले सदरमुकाम दुर्गन्धित बन्दै गएको लामो समय भइसकेको थियो ।

राष्ट्रपति बिधादेबि भण्डारी कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायतका कार्यक्रम उद्घाटन गर्न जुम्ला आउँदा पहिलो पटक सुरक्षा निकायको परिचालन गरीे फोर उठाईएको थियो । ठुला मान्छे आउँदा मात्र सफा गर्दा रहेछन् भन्ने कुराले तेतिखेर चर्चा पायो । हरेक नागरिकको गुनासो सहदै आएको नगरपालिकाले अहिले भने केहि राम्रो गर्न लागेको छ ।

नगरपालिका आउने जनप्रतिनिधि देखि प्रमुख प्रशासकिय अधिकृतको पहिलो प्रथामिकता जुम्ला बजारको फोहार ब्यवथापन हुन्थियो । तर उनीहरु सबैले प्रतिबद्धता गरे पनी सुन्दर र स्वस्थ नगर बनाउन सकेनन । वर्षौदेखि डम्पीङसाइडको व्यवस्थापन नगरपालिकाले गर्न नसकेका कारण नगर दुर्गन्दीत बन्दै गएको थियो । जुम्ला बजार मात्रै होइन । बजारको छेउमै बग्ने जुगाडखोला समेत फोहोरले गन्हाउने भएको छ ।

पछिल्लो समयमा चन्दननाथ नगरपालिकाका बुढ्थापाले एक हप्तामै बजारको मुहार फेरीदिएका छन । यसमा सबैको साद सपोट चाहियको बुढ्थापाले बताए । उनले छोटो समयमै अस्थायी डम्पीङसाइडकोे ब्यवस्थापन गरी बजार सफासुगर बनाउन थालेका छन् ।

यसले गर्दा अब बर्सौ देखि दुर्गन्धीत बनेको नगरले फोहोरबाट मुक्ती पाउन थालेको छ । क्षेत्र बहादुर बुढ्थापाले भन्छन, ‘हाम्रो पहिलो प्रथामिकता बजारको फोहोर ब्यवस्थापन हो ।

त्यसपछि अरुपनि काम अगाडि बढाउने बताए । उनले भने, ‘हामी पहिलो चरणमा फोहोर उठाउछौ , त्यस अनुसार नगरले ब्यापारिबाट फोहोर शुल्क पनी लिन्छौ, त्यसपछि हरेक घर तथा पसलबाट बाट निस्कने फोहोर कुइने र नकुइने छुट्टाछुट्टै राख्न लागाने बताए ।

यदि अटेरी गर्ने जोसुकैलाई कानुनी दायरामा ल्याउनुपर्ने अबस्था पनी आउन सक्ने बताए । सदरमुकाम भित्र रहेका घरबाट मासिक १ सय, व्यवसायिबाट मासिक ३ सय र ठुला उद्योग तथा होटलबाट मासिक १ हजार रुपैयाँ फोहोर शुल्क उठाउन थालिएको छ ।

चन्दननाथ नगरपालिकाको राजश्व परामर्श समितिको बैठक तथा नगरसभाको निर्णय अनुसार व्यवसायिबाट शुल्क उठान सुरु गरिएको हो । बजारमा किनमेल गर्न व्यापारि र नागरीकको अटेरले पनि फोहोर भएको हो ।

जथाभाबि नगरपालिका फोहोर मैला फाल्नाले । फोर व्यवस्थापनमा अझै कठिनाइ हुने भएको छ । त्यसैले सबैले आआफ्नो ठाउँबाट सयो गर्न नगरपालिकाले आग्रह गरेको छ । तथा विपद् व्यवस्थापन शाखा प्रमुख लक्ष्मीचन्द्र न्यौपानेले फोहोर नियमित रुपमा उठाउने गरिएको बताइन ।

सम्बन्धित शीर्षक