नेपाल जनस्वास्थ्य संघको कर्णाली प्रदेशको सचिवमा कमल रावत निर्वाचित

गणेश रावत
जुम्ला । नेपाल जनस्वास्थ्य संघ कर्णाली प्रदेशको सचिवमा कमल रावत निर्विरोध निर्वाचित भएका छन् । लक्ष्मण प्रसाद चौलागाईको नेतृत्वमा ११ सदस्यीय निर्विरोध निर्वाचित उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिएको छ ।

जसमा अध्यक्षमा लक्ष्मण प्रसाद चौलागाई, उपाध्यक्षमा कृष्ण सापकोटा, सचिवमा कमल रावत, सहसचिवमा उमेश गौतम ,कोषाध्यक्षमा, निराजन चपाई चयन गरिएको छ । सदस्य खुलमा भुपेन्द्र शर्मा,इन्द्रा रावल,मन्जु थापा र सदस्य समावेशीमा गणेश नेपाली र गौरा कुमारी घर्ती मगर निर्विरोध चयन भएको नवनिर्वाचित सचिव कमल रावतले बताए ।

आगामी पुस २४ गते हुने निर्वाचनमा कर्णाली प्रदेशबाट रावत सचिवमा निर्विरोध चयन भएको नेपाल जनस्वास्थ्य संघ कर्णाली प्रदेश निर्वाचन समितिका संयोजक नवराज कँडेले बताए ।

नवनिर्मित सचिव रावतले भन्नुभयो,“नेपाल जनस्वास्थ्य संघको केन्द्रिय समितिसँग निरन्तर समन्वय एव सहकार्यमा रही संघ, प्रदेश र स्थानीय सरकार बिचको मध्यस्तकर्ताको भूमिका निर्वाह गर्नेदेखि ,जनस्वास्थ्य क्षेत्रसँग सरोकार राख्ने विषयगत क्षेत्रहरु जस्तै कृषि, पशु, शिक्षा, महिला तथा बालबालिका नीजि तथा गैरसरकारी समेत सँगको निकटतम समन्वय गर्दै

स्वास्थ्यका निर्धारक तत्वहरु पहिचान गरी जोखिम न्यूनिकरण कार्यमा अग्रसरभई,प्रदेश भित्रका स्थानीय तहहरुसँग नियमित समन्वयमा रही संगठन संरचना निर्माण संस्थागत विकास, समूहगत आवश्यक दरबन्दी श्रृजना गर्ने कार्य र पेशागत सुरक्षा एव हकहितमा पैरवी गर्ने संघ भएको नवनिर्वाचित सचिव रावतले बताए ।

को हुन् कमल रावत ?
जुम्ला तिला गाउँपालिका – २ लर्मीमा जन्मेका रावत हेल्थ असिस्टेन्ट संघ नेपालका केन्द्रीय कोषा अध्यक्ष हुँदै नेपाल जनस्वास्थ्य संघ कर्णाली प्रदेशको सहसचिव भई काम गरिसकेका छन् ।

रावत विगत २०६७ सालदेखी स्वास्थ्य क्षेत्रका पेशागत हकहितको लागी आवाज उठाउँदै आउनु भएको एक उदयमन प्रभावशाली र युवा पुस्ताका उर्जावान स्वास्थ्यकर्मीका रुपमा रावत परिचित हुनुहुन्छ ।

हाल उनी स्वास्थ्य बिमा बोर्ड जिल्ला कार्यालय जुम्लाको संयोजकको रुपमा कार्यरत छन् ।

सम्बन्धित शीर्षक