जुम्ला मालपोतमा सेवाग्राहीको बिजोग

गणेश रावत,

जुम्ला-जिल्ला मालपोत कार्यालय जुम्लामा दक्ष जनशक्ति नहुदा सेवा प्रभावहमा ढिला सुस्ति भएको छ । जुम्ला जिल्लाका टाढा टाढा बाट सेवा लिन आएका ग्राहिले समयमै सेवा प्रभावह नहुँदा समस्या भोग्नु परेको छ । समान्य कामा लागि पनि महिनौ दिन लाग्दा  पनि सेवा नपाएको नागरिकहरुले गुनासो गरेका छन् । जग्गा कित्ताकाट गर्ने र जग्गा नामसारी गर्ने लगायतका काम गर्न महिनौ दिन लाग्ने गरेको सेवाग्राही धन बहादुर रावतले गुनासो गरेका हुन् । दैनिक सयैँ सेवाग्रहिको भिड लाग्ने मालपोत कार्यलयमा इन्टरनेटले काम नर्गदा सेवाग्राहिले सास्ती खेप्नु परेको । सामान्य कामको लागि पनी हप्तै दिनलागेर होटलमा बस्नु पर्ने बाध्यता छ।

मालपोत कार्यलय जुम्लाले विगत १ वर्ष देखि अन्लाइन सेवा सुरु गरेको छ । दुर्गम जिल्ला जम्लामा इन्टरनेटले काम नर्गदा सेवा प्रभामा समस्या भएको छ । विगत हस्त लिखित रुपमा काम भएपनि दुई दिनमा काम बन्थ्यो । अहिले नेटले काम नर्गदा सेवा प्रभाहा मा समस्या भएको स्थानिय बुदि रावतले बताइन । कर्मचारी अभावकै कारण र नेटले काम नर्गदा होटलमा बस्नु पर्ने बाध्यता रहेको उनिहरुले बताएका छन् ।

बारम्बार आइरहदा गाडि भाडा र खान बस्नमा ठूलो रकम खर्च भइ सकेको उनले बताए । पटक पटक कार्यालयका कार्मचारीलाई कामको बारेमा सोधपुछ गर्दा काम हुन्छ भनेर टार्ने गरेको उहाँको भनाइ छ । जग्गा पास गर्नको लागि तिला गाउँपालिका ६ का डिल्ली रावत पनि हप्ता दिन देखि मालपोत कार्यालयमा धाइरहनु भएको छ । बिहान १० बजे देखि काम हुने आशमा लाइनमा बस्यो । तर दिनभर बस्दापनि काम नहुदा निरास भएर फर्कने गरेको गुनासो गरे । कर्मचारीलाई काम कतिखेर हुन्छ भनेर सोध्दा सिस्टमले काम गरेको छैन लाइनमा बस्नु पालो आउछ भन्ने गरेको रावतको भनाइ छ । कार्यालयबाट सेवा प्रभावकारी हुन नसकेको उनको गुनासो छ । सरकारी कार्यालयमा अनलाइनबाट कामकाज सुरु हुँदा काम गर्न निकै ढिलासुस्ती भएको जिल्ला मालपोत कार्यालय जुम्लाका कार्यालय प्रमुख नरेन्द्र वहादुर रोकायाले जानकारी दिए ।
कार्यालयमा सम्पूर्ण काम कम्युटरबाट गर्नु पर्ने दक्ष जनशक्ति नहुदा काम प्रभावकारी हुन नसकेको रोकायाको भनाइ छ । सेवाग्राही बढी र कर्मचारी कम हुँदा काममा अलि ढिलो भएको मात्र हो रोकायाले भन्नुभयो यसमा कार्यालयले लापरबाही गरेको भन्न नमिल्ले बताए ।

सम्बन्धित शीर्षक