कर्णालीका चार सांसद एमालेबाट निष्कासित

  ।   १० बैशाख २०७८, शुक्रबार १७:१०

सुर्खेत :एमालेले ह्वीप उलङघन गरी भोट हाल्ने चार सांसदलाई कारवाही गरेको छ ।

 

कर्णाली प्रदेशमा महेन्द्रबहादुर शाहीलाई भोट हालेका चार सांसदलाई पार्टी सदस्य र सांसदसमेत नहरने गरी एमालेले कारवाही गरेको हो ।

एमालेले कारवाही गरेका नेता र सांसदमा प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाही छन् ।

बालुवाटारमा बसेको एमालेको महाधिवेशन आयोजक समिति बैठकले उनीहरुलाई कारवाही गरेको हो ।

एमालेका माधव नेपाल पक्षका चार सांसदले फ्लोर क्रस गरी मत दिएपछि मुख्यमन्त्री शाहीको पद जोगिएको थियो

Next Post

लकडाउनको त्रासले खाद्यन्नको जोहो गर्दै जुम्लाबासी

१० बैशाख २०७८, शुक्रबार १७:१०
जुम्लामा कोरोना संक्रमणका कारण लकडाउन हुन सक्ने भन्नै स्थानीयले आवश्यक खाद्यन्न जोहो गर्न थालेका छन । गत बर्ष भएको लकडाउनका कारण खाद्य संकट बेहोर्नु परेको भन्दै यो बर्ष समयमै खाद्यन्नको जोहो गर्न थालेका हुन । खलंगा बजारमा चामल र नुन लिने जुम्लाबासीको घुइचो बढेको छ । नेपाल खाद्य तथा ब्यापार […]