अझै हटेन पिठ्युमा भारी तिला बासिलाई

  ।   १६ मंसिर २०७८, बिहीबार १०:५२

गणेश रावत,

जुम्ला– जुम्लाको तिला गाउँपालिका का स्थानिय अझै पनि खच्चर को भरमा सामान ढुवानि र्गदै आएका छन् । यहाँको मुख्य बजार मानिने रारा पुग्न तिन चार घण्टा पैदल हिड्नु र्पछ । दैनिक उपभोग्य वस्तुदेखि विकास निर्माणका सामग्री खच्चर र पिठ्युँमै ओसारपसार गर्ने गरिन्छ ।

तेहाँका वडा नम्बर ७, ८ र ९,६ नम्बर वडामा अहिले पनि यहाँका स्थानियले पिठ्युमा खाद्यन्न समान बोक्दै आएका छन् । यहाँ पर्न जुम्लाकोट, मालापानी, राँसा, खोप्री, सुडी, रिपी घोडेमहादेव निकै दुर्गम र विकट गाउँबस्ती हुन् । जहाँ बिरामि स्टेचारमा बिरामि बोक्नु र्पने बाध्यता यहाँका स्थानियमा छ ।

अहिले गाउँबस्तीमा सडक खनिए पनि राष्ट्रिय सडक सञ्जालमा भने जोडिएका छैन । राष्ट्रिय सडक सञ्जाल नजोडिन्जेल सम्मा पिठ्युमा भारि बोक्नु पर्न बाध्यता हुने भएको छ । तिला गाउँपालिका वडा नम्बर १ रारालिहि तिला नदीमाथि गाडी गुड्ने पक्की पुल नबनेकाले यी बस्ती राष्ट्रिय सडक सञ्जालमा नजोडिएका हुन् ।

अहिले तर, संघ, प्रदेश र स्थानीय सरकारको पहलमा सडक पुग्यो । अब गाडी गुड्ने पर्खाइमा रहेको स्थानिय मानबहादुर बुढाले बताएका छन् । अहिले यहाँका मालवाहक गाडी भनेकै खच्चर र मानिसको पिठ्युँ नै बनेको छ । सडक पुगेपछि गाडी पनि गाउँघरमै पुग्छ भन्ने आशा स्थानियमा पलाएको उनी बताउँछन् ।

Next Post

हिउँदे वर्षाले जुम्लाका किसानलाई राहत

१६ मंसिर २०७८, बिहीबार १०:५२
गणेश रावत, जुम्लामा हिउँदे वर्षाले किसानलाई राहत भएको छ। हिउँदे बालीनाली उत्पादन गर्ने याममा वर्षा हुँदा यहाँका किसानलाई निकै राहत भएको तातोपानी गाउँपालिका–४ का स्थानीयवासी प्रेमराज पाण्डेले बताएका छन्। जिल्लाका कतिपय ठाउँमा गहुँबाली छर्न बाँकी रहेकाले पानी परेपछि किसानले सहज भएको कृषि विकास कार्यालयले जनाएको छ। सिँचाइ सुविधा नभएर गहुँ […]