अझै बनेन् तिला गाउँपालिका ६ नम्वर वडामा इन्टरनेट

  ।   १३ मंसिर २०७८, सोमबार ११:२३

गणेश रावत,
जुम्ला ः तिला गाउँपालिका वडा नम्वर ६ घाडेमा दुई महिना देखि इन्टरनेट अबरुद्ध भएको छ । इन्टरनेट अबरुद्ध हुदा वडाका कामकाज मा समस्या भएको अध्यक्ष भक्त बहादुर रोकायाले बताएका छन् । अनुसार अहिले सबै काम अन्लाईन मार्फत हुने भएकोले इन्टरनेट अबरुद्ध हुदा वडामा हुने कामकमज प्रभावित भएको जानकारी दिनु भयो ।

इन्टरनेट अबरुद्ध हुदा नागरिकक्ता ,जन्मदर्ता , मृत्यु दर्ता, बसाइँसराइ का सिफारिस हातले लेखेर दिनुपर्ने बाध्यता भएको छ । नागरिक लाई दुख नहोस भनेर हातले लेखेर भएपनि दिने गरेको सचिव राजु रावलले बताएका छन् । तिला गाउँपालिका ६ नम्वर वडामा अहिले इन्टरनेट बिहिन भएको छ ।

वडामा दुई महिना देखि इन्टरनेट नहुदा धेरै समस्या खेप्नु परेको उहाले दुखेसो पोख्नु भयो । यसको समाधान छिटोभन्दा छिट्टो होस भन्ने आग्रह गर्नु भएको छ । वडाले जति पहल गर्दा पनि पालिका,प्रदेशले चासो नदेखाएको उहाँले बताउँनु भयो ।

Next Post

मनाङमा हिमपातबाट जोगिन पूर्वतयारी

१३ मंसिर २०७८, सोमबार ११:२३
मंसिरको सुरुवातसँगै हिमाली जिल्ला मनाङमा पनि चिसो बढ्न थालेको छ । प्रायः बाह्रै महिना मनाङमा जाडो हुन्छ । विशेषगरी मंसिर, पुस र माघ महिनामा यहाँ बढी जाडो हुन्छ । यस समयमा जिल्लाका विभिन्न ठाउँमा हिउँ पर्छ । मनाङमा अहिले बिहान र बेलुकाको समयमा अति जाडो हुन थालेको छ । यसैलाई […]