जन्मिने वित्तिकै तीन हजार रुपैयाँ

  ।   ४ बैशाख २०७८, शनिबार १५:११

जुम्लाको पातारासी गाउँपालिकामा नयाँ सन्तान जन्मने वित्तिकै ३ हजार रुपैयाँ दिने व्यवस्था गरेको छ । नयाँ सन्तानका रुपमा जन्मिएका छोराछोरी दुबैलाई तीन हजार रुपैयाँ दिने व्यवस्था गरेको हो ।
पहिले छोरा र छोरीबीचमा ठुलो विभेद हुन्थ्यो । छोरीलाई काखा र छोरालाई पाखा गर्ने संस्कार थियो, गाउँपालिका उपाध्यक्ष पुन्नकली महाताराले भनिन्,‘अहिले स्थानीय सरकारले छोराछोरी बराबरीको रुपमा हेरेको छ । जन्मिने बित्तिकै उपलब्ध हुने रकमले पोषिलो खानेकुरा खुवाउनेछन ।
छोराको न्वारन गर्ने, छोरी जन्मदा नगर्ने, छोरीलाई सरकारी स्कुलमा पढाउने छोरालाई महंगोमा नीजि स्कुलमा पढाउने विभेद कायमै छ,उनले भनिन्,‘गाउँपालिकाले छोराछोरीको विभेद हटाउन जन्मने वित्तिकै तीन हजार रुपैयाँ दिने व्यवस्था गरेको हो । ’
नयाँ सन्तानले पोषिलो खानेकुरा पावस । अभिभावकलाई बालबालिका प्रति लगानी गर्ने इच्छा जागोस भन्ने हेतुले गाउँपालिकाले यो अवधारणा ल्याएको हो । गाउँपालिकाले तीन हजार रुपैयाँ दिने र घरपरिवारले अनिवार्य रुपमा तीन हजार रुपैयाँ थपेर बैंकमा खाता खोल्नु पर्ने गरिएको छ ।
बालबालिकाको जन्मदिनमा आफन्तजनले दिएको दक्षिणा समेत बच्चाकै खाता जम्मा गर्नु पर्ने प्राब्धान ल्याएको उपाध्यक्ष महातारा बताउँछिन । गाउँपालिकाले बालबालिका कोष खडा गरेको छ । उनले भनिन्,‘ गाउँपालिकाले दिने रकम जतिबेला आएपनि पाउँछ । गाउँपालिका बालबालिकाको भविष्य प्रति जिम्मेवार छ । ’
अहिले गाउँपालिकाले तीन हजार रुपैयाँ बालबालिकाका नाममा दिने भएपछि अभिभावक पनि बालबालिका प्रति लगानी गर्न थालेका छन । छोराछोरी एकैरथका दुई पाङग्रा हुन । यीनिहरुको यो समाजमा बराबर भुमिका छ ।

Next Post

जुम्लामा बैशाख महिनामा हिमपात डाडाँ काडा सेताम्य

४ बैशाख २०७८, शनिबार १५:११
जुम्ला : यो वर्ष कर्णालीमा बैशाख महिनामा हिउँ परेको छ। पालुवा पलाएर जताततै हरिया भइसकेको बेला हिउँले ढाकेर सेताम्य भएको हो। कर्णालीमा कार्तिकदेखि फागुन महिनाको अन्तिमसम्म हिउँ परेको हुन्थ्यो। यो पटक हिउँदका तीन महिना हिउँ परेन। बैशाख महिनामा हिउँ परेको हो। यहाँको पातारासी, गुठिचौर गाउँपालिका, तिला सिँजा क्षेत्रमा हिमपात भएको […]

सम्बन्धित