मुगु सदरमुकाम गमगढीमा आगोलागी ,२० घर जलेर नष्ट

गणेश रावत ,
जुम्ला ःमुगु सदरमुकाम गमगढी मा आगलागी भएको छ । मुगु गमगढी तल्लो बजारमा राति साढे बार बजे आगलागि भएको वडा नम्वर १ का वडा अध्यक्ष लोक बहादुर हितान ले निउज सरोकार लाई जानकारी दिनु भयो ।

उहाँका अनुसार आगलागि बाट २० वटा घर जलेर नष्ट भएको वताउनु भएको छ । आगोलागी बाट मानवीय क्षेति भने नभएको जानकारि गराउँनु भयो ।आगोलागी हुदा घर,विधुतका पोल जलेर नष्ट भएका छन् ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहकार्यमा आगो निभाउन प्रयास गरेको वताएका छन् । १२ वजे बाट लागेको आगो विहान पाँच बजे नियन्त्रणमा लिएको अध्यक्ष हितानले जानकारी दिनु भयो । अझै पनि आगो लागिरहेको छ । आगलागि कसरी भयो भन्ने एकिन थाहा नभएको जानकारी दिनु भएको छ ।

सम्बन्धित शीर्षक