कालिकोटमा आगलागी हुँदा छ घर जलेर नष्ट

  ।   २९ चैत्र २०७७, आईतवार १६:०४

कालिकोट जिल्लाको पचालझरना गाउँपालिका–८ मा आगलागी हुँदा छ घर जलेर नष्ट भएका छन्। शनिबार भएको आगलागी गाउँपालिका–८ खोलीबजार, भुराबगरमा आगलागीमा छ घर जलेर नष्ट भएका हुन्।

आगलागी हुँदा दुर्ग सार्की, वीरमान सार्की, भैरे सार्की, अति सार्की, धनराज सार्की र अमृते सार्कीलगायत छ जनाको घर जलेर पूर्णरुपमा नष्ट भएको पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले बताए। आगलागी हुँदा मानवीय क्षति नभएको र अन्य एउटै घरको करीब १० देखि १५ लाखसम्मको धनमालको क्षति भएको अध्यक्ष सेजुवालले जानकारी दिए। “घरमा रहेका सबै धनमाल जलेर नष्ट भएका छन्”, उनले भने,“एउटै घरको करीब १० लाखदेखि १५ लाखसम्म धनमालको क्षति भएको छ।”

आगलागी पीडितलाई तत्काल खान र बस्नका खाद्यान्न वितरण गरिएको अध्यक्ष सेजुवालले बताए। “तत्काल खान र बस्नका लागि खाद्यान्नको व्यवस्था गरेको छौँ”, उनले भने,“अग्निपीडित अहिले त्रिपाल टासेर बसेका छन्।” आगलागी पीडितलाई घर निर्माणका लागि नेपाल सरकारको जनता आवास कार्यक्रममार्फत घर निर्माणको पहल थालिने अध्यक्ष सेजुवालले बताए।

Next Post

हुम्लाका लागि सात हजार क्विन्टल चामल स्वीकृत

२९ चैत्र २०७७, आईतवार १६:०४
सरकारले हुम्लाका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत सात हजार क्विन्टल चामलको कोटा स्वीकृत गरेको छ। जिल्ला खाद्य व्यवस्थापन समिति हुम्लाले माग गरेअनुसार उक्त कोटा स्वीकृत गरिएको लिमिटेड हुम्ला शाखाका नायब सुब्बा भरत अधिकारीले जानकारी दिए। उनका अनुसार आर्थिक वर्ष २०७७/०७८ का लागि लिमिटेडको हुम्ला शाखाले गत फागुन २६ […]