प्रेस सेन्टर जुम्लाको अध्यक्षमा पत्रकार बुढा र्निविरोध चयन

गणेश रावत,

प्रेस सेन्टर जुम्लाको अध्यक्षमा धन बहादुर बुढा चयन भएका छन् ।प्रेस सेन्टरको चौथो जिल्ला अधिबेशन बाट पत्रकार बुढा अध्यक्षमा र्निविरोध चयन भएका छन् ।
जुम्लामा लामो समयदेखि क्रियासिल पत्रकारिता गर्दै आएका नागरिक दैनिककका जुम्ला संबाददाता तथा खसपत्रका अध्यक्ष समेत रहेका डिबी बुढाले संगठन समाल्ने जिम्मेवारी पाएका् छन् । पत्रकारिता गर्दै आएका बुढाले संगठनलाई विधि विधान र पद्धती अनुरुप गतीशिल रुपमा अघि बढाउने समेत आशा गरिएको छ ।

समाबेशी सह–सचिवमा रेडियो गुठिचौरका संचारकर्मी रामप्रकाश विक र कोषाध्यक्षमा फोटो पत्रकार अमृत बुढाथोकी मगर चयन भएको प्रेस सेन्टर जुम्लाका निवर्तमान अध्यक्ष उपेन्द्र न्यौपानेले बताए । उनका अनुसार सदस्यमा कल्पना रावत,सुमन खत्री,यूनेश परियार,विजकली महतारा,स्यानु भट्टराई, बिस्न शाही,वलसिंह रोकाया र पदम शाही गरी डिबी बुढाको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

साथै चौथो जिल्ला अधिबेशनबाट उपाध्यक्षमा रेडियो सिंजाका संचारकर्मी,उमेश बुढा,महिला उपाध्यक्षमा रेडियो गुठिचौरकी संचारकर्मी अनिता बुढा र सचिवमा रेडियो गुठिचौरकै स्टेशन म्यानेजर गोल्डेन बुढा चयन भएका छन् ।

त्यस्तै,निवर्तमान अध्यक्ष उपेन्द्र न्यौपाने,डिल्ली तिवारी र तिर्थ नेपाल राष्ट्यि महाधिबेशन प्रतिनिधि चयन भएका छन् ।

नवनिर्वाचित कार्यसमितिले जुम्ली पत्रकारितामा नयाँ आयाम थप्ने समेत आशा गरिएको छ । सत्य निस्पक्षतालाई आत्म साथ गर्दै सधै न्यायका पक्षमा कलम चलाउने तर्फ सेन्टरले सधै पत्रकारहरुलाई अभिप्ररित गर्ने नवनिर्वाचित अध्यक्ष धन बहादुर बुढाको भनाई छ ।

सम्बन्धित शीर्षक