अज्ञात समूहले सल्यानमा तरकारी व्यापारीबाट ३ लाख लुट्यो

  ।   ९ कार्तिक २०७८, मंगलवार १७:०४

सल्यान : सल्यानमा तरकारी किन्न आएका व्यापारी लुटिएका छन्।

कपुरकोट गाउँपालिका-१ को कालापात्लाको जंगलमा ४/५ जनाको अपरिचित समूहले हतियार देखाएर सोमबार व्यापारीबाट नगद ३ लाख रूपैयाँ लुटेर लगेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

नेपालगञ्ज बाँकेबाट तरकारी खरिद गर्न आएका सेराज हलवाईबाट लुटेराहरूको समूहले दिनदहाडै लुटपाट गरेका हुन्। रा १ ख २३९१ नम्बरको मिनी ट्रकमा तरकारी खरिद गर्न व्यापारी हलुवाई आएका थिए।

लुटेराहरूको समूहले सोमबार बिहान करिब साढे ११ बजे गाडी रोकेर सामान्य तोडफोड गरी खुकुरी देखाएर तर्साउँदै नगद ३ लाख लुटेर लगेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी इन्स्पेक्टर अर्जुन पौडेलले बताए।

उनका अनुसार मिनी ट्रकमा व्यापारी र चालक तथा मजदुरसहित ४ जना थिए। मुख छोपेर आएका लुटेराहरूले गाडीको साँचोसमेत खोसेर लगेका छन् भने गाडीका कागजात च्यातिदिएका छन् रकम लुटेर उनीहरू रोल्पातिर भागेको हलुवाईले बताए। गाडी घटनास्थलमै छ। प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

Next Post

प्रेस सेन्टर जुम्लाको अध्यक्षमा पत्रकार बुढा र्निविरोध चयन

९ कार्तिक २०७८, मंगलवार १७:०४
गणेश रावत, प्रेस सेन्टर जुम्लाको अध्यक्षमा धन बहादुर बुढा चयन भएका छन् ।प्रेस सेन्टरको चौथो जिल्ला अधिबेशन बाट पत्रकार बुढा अध्यक्षमा र्निविरोध चयन भएका छन् । जुम्लामा लामो समयदेखि क्रियासिल पत्रकारिता गर्दै आएका नागरिक दैनिककका जुम्ला संबाददाता तथा खसपत्रका अध्यक्ष समेत रहेका डिबी बुढाले संगठन समाल्ने जिम्मेवारी पाएका् छन् । […]