तीन मन्त्रीको राजीनामा स्वीकृत

  ।   २८ चैत्र २०७७, शनिबार १५:४५

नेकपा एमालेकातर्फबाट सरकारमा सहभागी तीन जना मन्त्रीहरुले दिएको राजीनामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पाँच दिनपछि स्वीकृत गरेका छन् । मुख्यमन्त्री शाही नेतृत्वको मन्त्रिमण्डलमा एमालेबाट प्रकाश ज्वालाले आर्थिक मामिला तथा योजना मन्त्रालय, दल रावलले सामाजिक विकास मन्त्रालय र नन्दसिंह बुढाले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएपछि एमालेकातर्फबाट कर्णाली सरकारमा सहभागी तीन जना मन्त्रीले मंगलबार राजीनामा दिएका थिए ।

मुख्यमन्त्री शाहीले रिक्त रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी र आर्थिक मामिला र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीलाई तोकेका छन् ।

Next Post

चिकित्सा शिक्षा आयोगको टोली जुम्लामा

२८ चैत्र २०७७, शनिबार १५:४५
चिकित्सा शिक्षा आयोगको टोली कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पुगेको छ। कर्णाली प्रतिष्ठानमा एमबीबीएस अध्ययनको लागि आवश्यक तयारी बारे अनुगमन गर्न डा. सतिसकुमार देवको टोली जुम्लामा पुगेको हो। टोली डा. कालुसिंह खत्री, डा.पवन हमाल, डा. प्रकाश थापा, डा.प्रतिक ज्ञावली र नेपालगञ्ज नर्सिङ क्याम्पसका एक प्रतिनिधिसहितको टोली जुम्ला पुगेको […]