लगातारको वर्ष पछि आज जुम्लामा घाम लाग्यो,खेतमा किसानको चहलपहल वढ्यो

गणेश रावत,

लगातारको वर्ष पछि आज जुम्लामा घाम लागेको छ ।करिब ५ दिन पछि आज घामको दर्शन गर्न पायको स्थानीय अभिराज चैलागाई बताउँछन् । घाम लागे लगातै किसानको खेतमा चहलपहल वढेको छ । खेतमा सुकाउन राखेको धान बालीमा एक्कासि आएको वर्षाले धेरै क्षेती पुराएको छ ।

कतै खेत डुबानमा परेका छन् भने कतै खेतनै बगाएको छ । किसानको मुखको आहारा भारी वर्षा ले खेसिदीदा किसान लाई भोक मरि हुने चिन्तित बनेका छन् । वर्ष भर गरेको मिहिनेत खेरा गएको अर्को किसान मोहोन शाहि वताउनु हुन्छ । दशैँ खाय लगातै जुम्लि किसानले काली मार्सी धान काटेर खेतमा सुकाउन राखेका थिए ।

एक्कासि आयको वर्षका कारण धान वालिमा ६ करोड वरावको क्षेती पुरायको कृषि विकास कार्यलय जुम्लाका प्रमुख बालकराम देवकोटाले वताए । अनुगमन मा जादा कतै खेतै कटान गरेको छ भने कतै खेतसमेत बगाएको वताउनु भयो । आउदो वर्षको लागि काली मार्सी धानको विउको चिन्ता भयको बताएका छन् । किसानले राहत पाउनैपर्छ । किसानको ठुलो क्षेती भयको देवकोटा ले बताए ।

उन्नत जातको धानको समस्या नरहेको वताए । देश विदेश चिनाउने काली मार्सी धानको बीउ समेत सङकट् पर्न वताउनु भयो ।आज घाम लग्दा किसान सबै खेतमा धान सुकाउनमा ब्यस्त भयका छन् ।

सम्बन्धित शीर्षक