दारूको नशामा श्रीमतीको हत्या

  ।   ३ कार्तिक २०७८, बुधबार १७:३९

सुर्खेत । सल्यानमा एक व्यक्तिले दारु लतमा लठ्ठ भएको बेला श्रीमतीको धारिलो हतियारको प्रयोग गरेर हत्या गरेका छन् । सल्यानको कुमाख गाउँपालिका–५ तिमिलका ४७ वर्षीय कविराम खड्काले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती ४२ वर्षीय कली खड्काको हत्या गरेका हुन् ।

घटना लगत्तै ईलाका प्रहरी कार्यालय राँगेचौरबाट गएको टोलीले कविरामलाई नियन्त्रणमा लिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीको प्रारम्भीक अनुसन्धानका क्रममा कविरामले अत्यधिक मदिरा सेवन गरेको र घरासयी विवाद बढ्दै जाँदा श्रीमतीको हत्या गरेको खुलेको छ । ‘प्रहरीलाई शुरुमा कली गम्भीर घाइते भएको खवर प्राप्त भएको रहेछ,’ प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रदास श्रेष्ठले भने, ‘प्रहरी घटनास्थलमा पुग्दा उहाँको मृत्यु भइसकेको थियो ।’ कविरामलाई नियन्त्रणमा लिएको र घटनास्थल सुरक्षित राखेर थप अनुसन्धान अघि बढाइएको प्रदेश प्रहरीले जनाएको छ ।

Next Post

कर्णालीमा बाढी पहिरो वितण्डा : आठ जनाको मृत्यु, तीन सय परिवारलाई सारियो

३ कार्तिक २०७८, बुधबार १७:३९
सुर्खेत। कर्णाली प्रदेशमा आइतबार साँझदेखी एक्काशी अविरल वर्षातका कारण जनजीवन प्रभावितसँगै मानवीय क्षति समेत भएको छे । सोही दिनदेखीबाट परेको लगातार भारी वर्षापछि प्रदेशमा बाढी– पहिरोमा परेर बुधबारसम्म ८ जनाले ज्यान गुमाएका छन् भने तीनसय बढी परिवारलाई सुरक्षित स्थानमा सारिएको हो । बाढी–पहिरोमा परि मृत्यु हुनेमा हुम्लाको खार्पुनाथ गाउँपालिका–४, खर्पेल गाउँका […]

सम्बन्धित