जुम्लामा अटो दुर्घटना चालक को मृत्यु

गणेश रावत,

जुम्ला हिजो गुठीचौर गाउँपालिका वडा नम्वर ५ बिगारेमा राती करिव ९ बजे तिर अटो दुर्घटना हुदा चालकको मृत्यु भएको छ । जुम्ला बजारको सदरमुकामबाट गुठीचौर गाउँपालिका जादै र्गदा बिगारे मा भे २ ह ५८३४ नम्बरको अटो दुर्घटना हुदा चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गुठीचौर गाउँपालिका वडा नम्वर ४ का अन्दाजी बर्ष २१ का अटो चालक गणेश जैसिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले बताउनु भयो । उहाँका अनुसार राती करिव ९ बजे तिर अटो चालक एक्लै बजारबाट आफ्नो घर जाने क्रममा बिगारेमा दुर्घटना हुदा अटो चालक जैसिको मृत्यु भएको जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक दानबहादुर थापाका अनुसार अटो भिरबाट करिव ५ सय मिटर भन्दा तल नदिमा खसेको वताउनुु भयो । मृत्क चालक लाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्ट मार्टम गरेर सव बुझेको वताउँनु भयो । उहाँका अनुसार अटो किन र कसरि दुरर्घटना भयो भन्ने बारे एकिन जानकारी नभएको बताउनु भयो ।

सम्बन्धित शीर्षक