जुम्लाको चन्दननाथ र भैरवनाथ मन्दिरमा नयाँ लिङ्गा खडा गरियो

गणेश रावत,
जुम्लाको प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरमा नयाँ लिङ्गा खडा गरिएको छ । चन्दननाथ मन्दिरमा ५२ हाते लिङ्गा र ५२ हाते कपडा राखिएको छ । यस्तै भैरवनाथ मन्दिरमा ४८ हातको लिङ्गा र ४८ हातकै कपडा राखिएको छ । बाँकि २ वटा लिङ्गा ४२ देखी ४५ हातसम्मका रहेका चन्दननाथ भैरवनाथ गुठि व्यवस्थापन समितिका अध्यक्ष पूर्णसिंह कठायतले जानकारी दिनु भयो ।

मन्दिरमा लिङ्गा ठड्याइ सकेपछि जुम्लीहरुले आफ्नो आफ्नो घरमा घटस्थापना गरेका छन् । तत्कालीन राजाले चीनबाट युद्ध जितेर फर्कदा गजुर ल्याएर मन्दिरमा जढाएको र १४९८ सालबाट यो मन्दिरमा लिङ्गा खडा गर्ने परम्परा रही आएको उहाँले जानकारी दिनुभयो । मन्दिरमा विजय स्तम्भ सहित २ वटा लिङ्गा खडा गरिएको उहाँले बताउनुभयो । नेपाली सेना, नेपाल प्रहरी, निजामति कर्मचारीहरु र सर्बसाधरणको सहभागितामा लिङ्गा खडा गरिएको हो । लिङ्गा खडा गरिसके पछि मात्र जुम्लाबजार र आसपासका गाउँहरुमा घटस्थापना गर्ने चलन छ ।

आज पुराना लिङ्गा ढाल्ने र नयाँ लिङ्गा खडा गरिएकोे कठातले बताउनुभयो ।जसलाई स्थानीय भाषामा लिङ्गा खडा गर्ने भनिन्छ । यस दिन नवदुर्गा मध्ये शैलपुत्रीको पुजा आराधाना गरीन्छ । आजै जुम्लाबासीले नयाँ अन्न अर्थात नुवागी खाने गर्छन् भने धान पनि आजकै दिनदेखि काट्न सुरु गरिन्छ । जुम्लामा मार्सी धान भित्रयाउने चन्दननाथलाई चढाएपछि घरका परिवारका सबै सदस्य एकै ठाउँमा जम्मा भएर नुवागी खाने गर्दछन् ।

धान पनि आजकै दिनदेखि काट्न सुरु गरिने सस्कृंतविद्ध रमानन्द आचार्यले बताउनुभयो । जुम्लामा मार्सी धान भित्रयाउने चन्दननाथलाई चढाएपछि घरका परिवारका सबै सदस्य एकैठाउँमा जम्मा भएर नुवागी खाने गर्दछन् । आज खडा गरिएका नयाँ लिङ्गाहरु सोमबार चन्दननाथ नगरपालिका वडा नम्वर ३ रडि खेल्लाको लामासिम नजिकैको जंगलबाट सरकारी कर्मचारी, नेपाली सेना, प्रहरी र स्थानीयले जंगलबाट खलंगामा रहेको चन्दननाथ मन्दिरमा लिङ्गा ल्याएका थिए ।

सम्बन्धित शीर्षक