अति विपन्न घरपरिवारलाई खाद्यन्न सयोग

गणेश रावत,

चन्दननाथ नगरपालिका वडा नम्बर ४ का अति विपन्न घरपरिवार लाई खाद्यान्न राहत वितरण गरिएको छ। अन्तर्राष्ट्रिय सस्था सिबियम नेपाल र आईएनएफ नेपाल जुम्लाको सयोग र अपङगा पुनस्स्थापना तथा विकास केन्द्र जुम्लाको सहजीकरणमा खाद्यन्न राहत वितरण गरिएको हो ।

आज चन्दननाथ नगरपालिका वडा नम्बर ४ का अति विपन्न, असहाय, टुहुरा घरपरिवार लाई राहत वितरण गरिएको हो । प्रति ब्यक्ति चामल ६० केजी,सिमी १५ केजी,खाने तेल ५ लिटर, नुन एक केजी,जिरा १पेकेट , चिनि ४केजी , खुर्सानी १पेकेट , बेसर १पेकेट ,साबुन २ चक्की दियको बताउनु भयो । एक वर्षमा ३महिना सम्म खान लगाउन समेत नपुग्ने ब्यक्ति र घरपरिवार लाई राहत वितरण गरेको अपङगा पुनस्स्थापना तथा विकास केन्द्र का अध्यक्ष नन्दराज धितालले बताउनु भयो ।

उहाँका अनुसार गाउँघरमा रहेका र कोरोना भाइरस अर्थात कोविड १९ वाट रोजगार गुमाएका कोविड प्रभावित भैई मृत्यु भएका घरपरिवार लाई तिन पटक राहत वितरण गर्न वताउनु भएको छ । आउने दिनमा धेरै सयोग नभयपनि थोरै भए पनि सयोग हुने आसा गरेको आईयनफ नेपाल जुम्लाका टिम लिटर राजु घर्ति मगरले वताउनु भयो। राहत लिन नसक्ने लाई घर सम्मा लैजान सयोग गरिने वताउनु भएको छ।

अतिविपन्न,कोविड प्रभावित भयका घरपरिवारलाई छान्ने क्रममा केहि समस्या आयमा भोलिका दिनमा सुधारधै जाने मगरले जानकारी दिनु भयो । आगामि दिनमा पनि यस्तैगरी सहयोग गर्न लागिरहने पनि वताउनु भयो । आज राहत पायका घरपरिवार लाई काड दियर राहत वितरण गरिएको छ । आज पाएका घरपरिवारलाई काडलियर अरू दुई पटक पनि दिने वताउनु भएको छ।

आज राहत पाउदा अतिविपन्न कोविड प्रभावित र असाय टुहुरा वालवालिका हरूले खुशी भयर धन्यवाद दियको चन्दननाथ नगरपालिका ४नम्बर वडा कि स्थानीय सम्झना सार्कि ले बताउनु भयो । आज राहत पाउदा भगवान् आय जस्तो लागेको सार्किले वताउनु भएको छ।

सम्बन्धित शीर्षक