३१औँ अन्तर्राष्ट्रिय ज्येष्ठनागरिक दिवस आज जुम्लामा मनाइयो ः उमेर सँगै आवश्यक्ता बढ्नेहुँदा सबैले सहयोग गर्नुपर्र्ने जेष्ठनागरिक को भनाई

गणेश रावत,
सबै उमेर समुहका नागरिकका लागी विधुतिय प्रविधिको प्रयोग समानता नाराका साथ ३१औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस आज जेष्ठ नागरिक संघको हलमा सम्पन्न भयको छ । चन्दननाथ नगरपालिका को आर्थिक सयोग र जेष्ठ नागरिक संघ जिल्ला कार्यसमिति जुम्लाको आयोजकमा जेष्ठ नागरिक संघको कार्यलएमा मनाईयको हो ।

कार्यक्रम मा मन्तव्य राख्दै जेष्ठ नागरिक का अध्यक्ष मुनिस चन्द्र न्यौपानेले भन्नु भयो जेष्ठ नागरिकहरु ज्ञाका भण्डार र जनकार भयकाले सबैको माया ममता आवस्यक रहेको वताउनु भयो । ३१औँ जेष्ठनागरिक दिवसको अवसरमा चन्दननाथ नगरपालिकाले जेष्ठ नागरिक लाई सम्मान गरेको चन्दननाथ नगरपालिका कि मियर कान्तका सेजुवाले वताउनु भयो।

पालिका भित्रका १० जना जेष्ठ नागरिक र एक गाउँपालिका १जेष्ठ नागरिक लाई जाडोमा न्यानो कम्मल ,माक्स ,सेनिटाईजर समान गरिएको मियर सेजुवालले वताउनु भयो । प्रमुख अथित अथावा जलस्रोत तथा उर्जाविकास मन्त्री दिनवन्धु श्रेष्ठ द्ववारा हस्तान्तरण प्रदान गरिएको थियो । सवै सरकारी गैर सरकारि सस्थाहरु र पत्रकार सबैको सहभागित हुदा जेष्ठ नागरिकहरु खुशी भयका थिए ।

आजको कार्यक्रममा सामाजिक विकास मंत्रालय बाट दिवा सेवाको लागि रू १ लाख र सामाजिक विकास जुम्लाबाट रू १लाख चन्दननाथ नगरपालिका वडानम्बर ४ अध्यक्ष रू १ लाख ,निर्माण ब्यवसायी संघ जुम्लाबाट रू १५सय ,५नम्बर वडा का अध्यक्ष १हजार ,चन्दननाथ वहुउदस्य सरकारी वाट १हजार ,मोति सार्कि वाट ५सय ,७ नम्बर वडाका अध्यक्ष ५सय ,मेराज गिरी हिटर र ग्यास सिलिन्डर त्यस्तै श्रीमती को सम्झनामा ५सय ,विष्णु लाल ले ५ सय आर्थिक सहयोग गरेका छन् ।

वुडेस कालमा सानो भयपनि नगरपालिका र सरकारी गौरसरकारी सस्थाले समान गर्दा ठुलो गुनलागेको गोठिचौर गाउपालिका ३ का स्थानीय र जेष्ठ नागरिक का कार्यकारी समिति लालसिङ वुढाले वताउनु भयो । वुडेस कालमा छोराछोरिले मिठो वोलि दिदा आधा रोग सन्चो हुने वताउनु भयो ।

वाच्दा राम्रोसँग नवोल्दा मर्दा जतिसुकै वावाको लागि तिथिगरेपनि कहिल्यै सान्ति नमिल्ने वुढाले वताउनु भयो । वुढाले भने पछिल्लो पिडिलाई भन्न चाहन्छु वावा आमालाई वाचुनजेल सम्म मिठो वोल्नुहोस मरेपछि केहि गर्न नर्पने वुढाले आग्रह गरेका छन् ।

सम्बन्धित शीर्षक