सल्यानमा जिपकाे ठक्करबाट घाइते दुई विद्यार्थीको मृत्यु

सल्यान । शुक्रबार बिहान जिपको ठक्करबाट गम्भीर घाइते भएका दुई विद्यार्थीको उपचारको क्रममा मृत्यु भएको छ।राप्ती प्रादेशिक अस्पताल दाङ्गमा उपचारको क्रममा दिउँसो दुई विद्यार्थीको मृत्यु भएको हो।

मृत्यु हुनेमा सल्यान शारदा नगरपालिका–६ बरलाकी अन्दाजी १८ वर्षीया रेखा बुढाथोकी र सोही ठाउँकी अन्दाजी १८ वर्षकै सुनिता नेपाली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए। उनीहरूको उपचारको क्रममा दिउँसो १ बजे मृत्यु भएको हो।

अन्य तीन जनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ। आज बिहान बागचौरदेखि सल्यान खलंगा आउँदै गरेको लु २ च ५७०१ नम्बरको जिपले शारदा नगरपालिका–२ बाङ्गेसल्लामा रूखको छहारीमा बसिरहेका विद्यार्थीलाई ठक्कर दिएको थियो। तीव्र गतिका कारण विद्यार्थीलाई ठक्कर दिएर जिप सडकबाट करिब १० मिटर तल खसेको छ।

सम्बन्धित शीर्षक