जुम्लामा पौडेल प्यानलको वर्चश्व

  ।   १४ आश्विन २०७८, बिहीबार १९:२७

नेपाली काँग्रेस स्थानीयतहको अधिवेशनमा जुम्लामा रामचन्द्र पौडेल प्यानलको वर्चश्व देखिएको छ । जिल्लाको एक नगरपालिका सहित ७ गाउँपालिका मध्ये दुइवटा स्थानीयतहमा मात्र देउवा प्यानलले सभापति पाएको हो । सबै स्थानीयतहमा रामचन्द्र पौडेल प्यानल चयन भएको हो ।
जिल्लाका नौ स्थानीयतहमा सर्वसहमतिले सभापति चयन भएकोमा चन्दननाथ नगरपालिकामा निर्वाचन भइरहेकोछ । कनकासुन्दरीमा लालु बुढा,सिँजा गाउँपालिकामा गोविन्द शर्मा, हिमा गाउँपालिकामा नरबहादुर शाही,तातोपानीमा धनकृष्ण चौलागाइँ,तिलामा भक्तबहादुर रोकाया,पातारासीमा रतनसिंह बुढा र गुठिचौरमा टेकबहादुर भण्डारी चयन भएका हुन ।
उनीहरु मध्ये सिँजाका शर्मा र गुठिचौर गाउँपालिकाका भण्डारी देउवा प्यानलबाट चुनिएका हुन । अरु सबै पौडेल प्यानलबाट चुनिएको नेपाली काँग्रेस जुम्लाले जनाएको छ । चन्दननाथ नगरपालिकाको निर्वाचनमा एक सय ७१ मत खसेको छ । मतगणना गर्ने तयारी भइरहेको छ ।
नगरसभापति चयनका लागि लामो समय सम्म सहमतिको प्रयास भएपनि सहमति हुन नसकेपछि निर्वाचन भएको हो । नगरसभापतिमा पौडेल पक्षबाट रवि थापा र देउवा प्यानलबाट अंग चौलागाइले उम्मेदवारी दिएका छन । अहिले सबैको ध्यान नगरसभापतिको निर्वाचनमा आर्कषण भइरहेको छ ।

Next Post

सल्यानमा जिपकाे ठक्करबाट घाइते दुई विद्यार्थीको मृत्यु

१४ आश्विन २०७८, बिहीबार १९:२७
सल्यान । शुक्रबार बिहान जिपको ठक्करबाट गम्भीर घाइते भएका दुई विद्यार्थीको उपचारको क्रममा मृत्यु भएको छ।राप्ती प्रादेशिक अस्पताल दाङ्गमा उपचारको क्रममा दिउँसो दुई विद्यार्थीको मृत्यु भएको हो। मृत्यु हुनेमा सल्यान शारदा नगरपालिका–६ बरलाकी अन्दाजी १८ वर्षीया रेखा बुढाथोकी र सोही ठाउँकी अन्दाजी १८ वर्षकै सुनिता नेपाली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका […]