कोभिड प्रभावितलाई खाद्यन्न सहयोग

जुम्लाको चन्दननाथ नगरपालिकाका कोभिड प्रभावितलाई खाद्यन्न सामाग्री प्रदान गरिएको छ । नगरपालिकाको १,४ र ५ वडाका ३० घरपरिवारलाई राहतस्वरुप खाद्यन्न सामाग्री सहयोग गरिएको हो । नगरप्रमुख कान्तिका सेजुवालले खाद्यन्न सामाग्री प्रदान गर्दै कोरोनाका कारण जनजीवन निकै प्रभावित भएको बताइन । उनले भनिन्,‘सवैभन्दा विपन्न ज्यालामजदुरी गरेर खाने नागरिक प्रभावित भए । उनीहरुलाई यो राहत सामाग्रीले ठुलो राहत मिल्नेछ । ’
कोरोना संक्रमण फैलन नदिन लामो समय जिल्लामा निषेधाज्ञा चल्यो । त्यो बेला ज्यालामजदुरीका काम हुन सकेनन । घरमै थन्किएर बस्दा आम्दानीको स्रोत गुम्यो । मेयर सेजुवालले भनिन्,‘अहिले हातमुख जोड्न पनि कठिन भएको छ । यो अवस्थामा दिइएको खाद्यन्न सामाग्रीले निकै ठुलो महत्व राखेको छ । ’

संकटका बेला खाद्यन्न सहयोग गर्ने दातृ निकायलाई उनले धन्यावाद दिइन । कारीतास जर्मन,कारीतास नेपालको आर्थिक सहयोग र पेस नेपालको साँझेदारीमा सञ्चालित नेपाल कोभिड १९ प्रतिकार्य परियोजना २०२१, अन्र्तगत खाद्यन्न सामाग्री सहयोग गरिएको हो ।
नगरप्रमुख सेजुवालले भनिन,‘कोरोना प्रभावितलाई केन्द्रीत गरेर राहत बाँडेकोमा नगरपालिका खुसी व्यक्त गर्दछ । यसले प्रभावितको घरमा चुल्हो बाल्न सहयोग गर्ने छ । यो राहत सामाग्री थोरै भएपनि निकै ठुलो राहत दिनेछ । ’
पेस नेपालका कार्यक्रम संयोजक हेमराज भट्टले प्रति परिवार एक बोरा चामल, साढे २ केजी दाल,दुई लिटर तेल,एक पोका नुनर र एक केजी चिनी प्रदान गरिएको थियो । कोभिड प्रभावित लाई सामाजिक तथा व्यक्तिगत दुरी कायम गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर राहत प्रदान गरिएको थियो ।
राहत वितरणका क्रममा उपस्थित प्रभातिलाई घरबाहिर निस्कदा मास्कको अनिवार्य प्रयोग गर्न,सेनिटाइजर प्रयोग गर्न, सामाजिक तथा व्यक्तिगत दुरी कायम गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न आग्रह गरिएको थियो । राहत वितरणमा सम्बन्धित वडाका वडाध्यक्ष,जनप्रतिनिधि,कोभिड प्रभावितको सहभागिता थियो ।
दसैँको मुखैमा खाद्यन्न सहयोग पाएपछि कोभिड प्रभावित नागरिक निकै खुसी थिए । आगामी दिनमा नगरपालिका संग समन्वय गरेर राहत उपलब्ध गराउन आग्रह गरेका थिए ।

सम्बन्धित शीर्षक