विकेन्द्रीकरणको मर्मविपरित विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी, भौगोलिक विकटता, वर्षातको समयमा सडक अवरुद्ध, सूचनाको समयवधि कम, सरकारको होमसेन्टर विपरित परीक्षा केन्द्र काम गरिएको उनीहरुले बताएका छन्। उनले भने,‘संघीयताले सबै सेवा सुविधा गाउँनगरमा लैजाने भन्छ। तर परिक्षा केन्द्र खोसेर सुर्खेतमा तोकिन्छ। यो निकै बिडम्पुर्ण निर्णय हो। ’
शिक्षा क्याम्पस सुर्खेत केन्द्र तोकेर असोज ११ गते सोमरबाट परीक्षा हुदैछ। तर जुम्ला क्याम्पसका दोस्रो वर्षका १२ जना विद्यार्थीले परीक्षामा सहभागि नहुने निर्णय गरिसकेका छन्। जुम्ला बहुमुखि क्याम्पस जुम्लाले सुर्खेतमा परीक्षा हुने सुचना असोज ७ गते मात्रै जारी गरेको थियो। सूचना छोटो समयमा जारी भएकाले परीक्षा दिन सुर्खेतसम्म जान सकिने अवस्था नरहेको विद्यार्थी पुष्पा थापाले बताईन्। जुम्लामा कायम हुनु पर्ने परीक्षा केन्द्र सुर्खेतमा राखिएको हुनाले आर्थिक भार थपिएको विद्यार्थीको दुखेसो छ।
क्याम्पसले विद्यार्थीको भविष्यमाथि कुठाराघात गरेको बताईन्। यता जुम्ला बहुमुखि क्याम्पस जुम्लाका क्याम्पस प्रमुख डाक्टर ओमप्रकाश आचार्यले परीक्षा नियन्त्रक कार्यालयलाई जुम्लाको वास्तविक अवस्थाका बारेमा जानकारी गराएको बताए। परीक्षा नियन्त्रण कार्यालयले परीक्षा केन्द्र तय गर्ने भएकाले यसमा आफ्नो कुनै हात नरहेको उनी बताउँछन्। आंशिक विद्यार्थीको संख्या जुम्लामा कम भएकाले त्रिभुवन विश्वविद्यालयले सुर्खेतमा परीक्षा केन्द्र तोकेको क्याम्पस प्रमुख आचार्यले बताए।
परीक्षा केन्द्र सुर्खेत बाहेक अन्य ठाउँमा राख्न नसकिने जानकारी त्रिभुवन विश्वविद्यालयले क्याम्पसलाई परिपत्र गरिसकेको छ,उनले भने,‘अब कुनै उपाय छैन। ’ क्याम्पसमा तालाबन्दी हुँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शैक्षिक कार्यक्रममा पनि प्रभाव परेको छ। क्याम्पसका भवनमा बिएमएस, बिपिएच, एचए र स्टाफनर्सका कक्षाहरु सञ्चालन भइरहेका छन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शैक्षिक प्रशासनका कार्यालय सचिव धनवहादुर शाहीले विहानको सिफ्टमा क्याम्पसर्मा विद्यार्थी पढ्ने गरेको बताए। दिउँसोको समयमा पनि कासका विद्यार्थी पढ्ने गरेका छन्। विद्यार्थीले लगाएको तालबन्दीले प्रतिष्ठानका विभिन्न शैक्षिक कार्यक्रमको भर्ना कार्यक्रमलाई पनि प्रभाव गर्ने देखिएको छ। असोज महिनाको १५ गते हुने एचएको इन्टनल परीक्षालाई समेत प्रभाव परेको उनी बताउँछन्।














